Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आगामी निर्वाचनमा मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने एमालेको निर्णय

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।”

आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले आफूले पेश गर्ने प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख गरिएको छ । 

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा १३ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राख्नु भएको छ । धनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुभाष नेम्वाङ र हिक्मत कार्कीले अध्यक्ष ओलीको प्रतिवेदनमा आआफ्नो धारणा राखे। 

ओलीको राजनीतिक प्रतिवेदनमा चुनावमा कसरी जाने, चुनावी रणनीति, आगामी राजनीतिक कार्यदिशा के हो भनेर स्पष्ट हुने प्रमुख गुरुङले बताए। बैठकले तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णयको अनुमोदनसमेत गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचन घोषणा मस्यौदा कमिटीले तयार पारेको मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत हुने छैन । यस्तै पार्टीको वार्षिक बजेट पनि आजको बैठकले पास गरेको छ । पार्टीका नवप्रवेशीलाई व्यवस्था गर्नका लागि केही समस्या देखिएमा केन्द्रको अनुमतिमा जिल्ला वा अन्य कमिटीमा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । केन्द्रीय सल्लाहाकार परिषद्मा तीन जनालाई मनोनयन गरिएको छ । 

प्रचार विभाग प्रमुख गुरुङका अनुसार कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई परिषद्मा मनोनयन गरिएको छ । यस्तै विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेकालाई समेत केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो । 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले उम्मेदवार तय गर्नका लागि मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गर्ने उहाँले बताउनुभयो । एमालेमा आठ लाख ५५ हजार चार सय ५३ पार्टी सङ्गठित सदस्य रहेकामा ५२ हजार पाँच सय ५० पार्टी सदस्य नम्बर सङ्ख्या दोहोरिएको छ । पार्टी सङ्गठन विभागले दोहोरिएको सदस्यता नम्बरको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा गण्डकी प्रदेशको इञ्चार्ज बाहेक सबै प्रदेशका इञ्चार्जले प्रदेशमा पार्टीको अवस्था, साङ्गठनिक गतिविधि, कस्तो छ भनेर रिपोर्टिङ गरेको गुरुङले बताए। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले आजदेखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: