काठमाडौं । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ । आज यहाँ आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए।
यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसिएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसिएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इञ्चार्ज सापकोटाले जानकारी दिए । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी छन् ।
यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा छन् । त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु निर्वाचित भएका छन् ।
आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेशसभाको निर्वाचनलाई भव्यरुपमा सम्पन्न गराउन तत्कालै जनपरिचालन तथा युवा परिचालनको कार्यक्रम सुरु गरिने वाइसिएलले जनाएको छ । सङ्गठन विस्तार, हरेक वडा वडामा वाइसिएल तथा राजनीतिका अलावा सामाजिक सुधार र जागरणको क्षेत्रमा समेत काम गर्ने गरी भेलाले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव पुष्प ओलीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...
चैत्र ५ गते, २०८२ - १४:०१
काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...
चैत्र ५ गते, २०८२ - १३:२८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...
चैत्र ५ गते, २०८२ - १३:२८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...
चैत्र ५ गते, २०८२ - १३:१८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...
चैत्र ५ गते, २०८२ - १३:०९
धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ । बुधबार राति ना ६ ख ७७८ नम्बरक...
चैत्र ५ गते, २०८२ - १२:५९
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...
चैत्र ५ गते, २०८२ - १२:२६
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...


प्रतिकृया लेख्नुहोस्: