Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

नवौँ राष्ट्रिय खेलकुद : आजदेखि प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम सुरुआत

खबरडबली संवाददाता

कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले आजदेखि प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम सुरुआत गरेको छ । प्रदेशमा यहीँ भदौ ३ गतेदेखि पहिलो चरणको विशेष खेलाडी प्रशिक्षण सुरु भएसँगै विभिन्न खेलका प्रशिक्षक र स्वयंसेवी गरी कास्कीका १९ प्रशिक्षकलाई पहिलो पटक प्रशिक्षण दिन लागिएको हो ।

गण्डकी प्रदेशमा अधिकांश खेलका प्रशिक्षक नभएपछि अहिले परिषद्ले अग्रज खेलाडी र स्वयंसेवकलाई प्रशिक्षणमा लगाएको छ । आगामी एक सातासम्म सञ्चालन हुने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षकरप्रशिक्षण कार्यक्रमलाई दोस्रो र तेस्रो चरण गरी सबै जिल्लाका पु¥याएर प्रशिक्षकलाई तालिम प्रदान गरिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए  । 

सहभागीलाई खेलविज्ञ एवं अग्रज प्रशिक्षक सशील नरसिंह राणा लगायतले प्रशिक्षण दिनेछन्  । प्रशिक्षकलाई आधारभूत रुपमा आवश्यक पर्ने ‘ट्रेनिङ प्लान’, ‘माइक्रो साइकल’ लगायतका विषयमा प्रशिक्षण दिइने छ । उत्कृष्ट नतिजाका लागि प्रशिक्षकलाई यस प्रकारको तालिम महत्वपूर्ण हुने परिषद्ले जनाएको छ । प्रथम चरणको प्रशिक्षण र छनोट सुरु भए पनि सम्बन्धित खेलका प्रशिक्षकलाई यस्तो प्रशिक्षणले खेलाडीको मनोबल उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

परिषद्को आयोजनामा हाल कास्की, नवलपुर, गोरखा, बागलुङ र स्याङ्जामा पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सञ्चालन भइरहेको छ । सबै जिल्लाका प्रशिक्षकलाई सम्बन्धित जिल्लामा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको र खेल प्रशिक्षण तथा छनोटलाई कुनै बाधा नपुग्ने गरी प्रशिक्षकलाई तालिममा सहभागी गराइएको परिषद्ले जनाएको छ । 

गण्डकीमा पहिलो चरणको खेलाडी प्रशिक्षणपछि दोस्रो चरणमा २२  खेलको जिल्ला छनोट प्रतियोगिता हुने सञ्चालनको कार्यतालिका छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका लागि गण्डकीको टोली तयार हुनेछ । परिषद्का अनुसार जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ र विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ ।

परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ । गण्डकी प्रदेशमा दोस्रो पटक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ संस्करणको राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करण आयोजना गरिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending