Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

नेता गिरीको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग

खबरडबली संवाददाता
लहान । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् । 
 
समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ । “उनले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थो”, बस्तीपुरका ८० वर्षीय फेकु महतोले भन्नुभयो, “त्यसैले उहाँको शव गाउँमा ल्याउनुप¥यो, हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ ।” उहाँलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ उहाँको भनाइ छ ।  
 
“प्रदीप बाबुभन्दा म कान्छो भए पनि बाल्यकालमा हामी सँगै खेल्थ्यौँ”, महतोले भन, “उहाँको निधन भएको खबरले असाध्यै पीडा भइरहेको छ, उहाँलाई अन्तिम दर्शन गर्ने हाम्रो इच्छा छ ।” त्यो इच्छा पूरा गर्न उहाँले सबैसँग आग्रह गरे । 
 
“प्रदीप दाई हाम्रो गाउँकै अभिभावक हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका चलितर साहले भने, “उहाँको यो समाजमा धेरै ठूलो योगदान छ, त्यो योगदानको सम्मान गर्ने हामीलाई मौका दिनुपर्छ ।” उहाँलाई हामी गाउँलेले ससम्मान अन्तिम संस्कार गर्छौ, साहको कथन छ । “हामीले उहाँको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार ग¥र्यांै”, उहाँले भन्नुभयो, “हामी चाहन्छौँ, प्रदीप बाबुको पनि गाउँमै संस्कार गर्न चाहन्छौँ, हाम्रो त्यो चाहना पूरा हुनुपर्छ ।”  
 
शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरीले पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टी खोलाको पश्चिम किनारमा आश्रम बनाएर बस्दै आउनुभएको थियो । सो आश्रममा रेखदेख गर्दै आउनुभएका स्थानीय रामकृष्ण चौधरीले भन्नुभयो, “प्रदीप दाइले कुराकानीका क्रममा मेरो अन्तिम संस्कार आश्रम मै होस् भन्ने इच्छा रहेको भन्नुभएको थियो, “त्यसैले पनि उहाँको यही नै अन्तिम संस्कार हुनुपर्छ भन्ने हाम्रो कुरा भनाइ हो ।” “उहाँको अन्तिम संस्कार गर्न हामी आतुर छौँ”, उनले भने, उहाँको शव गाउँमा ल्याइदिने वातावरण बनाइदिन उहाँले सबैसँग आग्रह गरे। 
 
नेता गिरीको निधनमा शोकाकुल भएका गाउँहरु उहाँको राजधानीमै अन्तिम संस्कार हुने खबर पाएपछि थप पीडामा पर्नुभएको छ । “जन्मथलोमै उहाँको अन्तिम संस्कार गर्दा हामीलाई पनि न्याय हुन्थ्यो”, आश्रममै बस्दै आउनुभएका जितनीदेवी रामले भने, “उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, त्यसैले उहाँको अन्तिम दर्शन हामीले गर्न पाउनुपर्छ । हामीलाई त्यो अधिकारबाट बञ्चित गराउनु हुँदैन”, उनले भने । 
 
समाजवादी चिन्तनका नेता गिरीको निधनले उनको गाउँ बस्तीपुर शोकमा डुबेको छ । विसं २००४ मा जन्मिएका गिरी विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। 
 
नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आफूहरुले मत दिए जिताएका अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले हिजो बिहानैदेखि गाउँमा भजनकीर्तनसमेत गरेका थिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...

बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा

विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...

दुई दिने सार्वजनिक बिदाले तनहुँको मानहुँकोटमा पर्यटकको तेब्बर वृद्धि

तनहुँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्ले...

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending