बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो ।
कारागार प्रमुख भण्डारीले भन्नुभयो, “कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौँ । उनीहरूमा सङ्क्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा सङ्क्रमण देखापरेको छ ।”सङ्क्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेशनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भने, “२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।”
कारागारभित्र कोरोना सङ्क्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । सङ्क्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । विसं २०४० मा निर्माण भएको कारागार मर्मत र पुनःनिर्माण नहुँदा जीर्ण बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...
मंसिर २२ गते, २०८२ - १४:०२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...
मंसिर २२ गते, २०८२ - १३:४४
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज...
मंसिर २२ गते, २०८२ - १३:२७
काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा आज दिउँसो करिब सवा १२ बजेतिर दुईवटा बस आपसमा ठोक्किएका छन्। घा...
मंसिर २२ गते, २०८२ - १३:१४
मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आ...
मंसिर २२ गते, २०८२ - १२:५६
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...




प्रतिकृया लेख्नुहोस्: