Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु भएका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भर्नु भएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनु भएको समाचारमा उल्लेख गरिएको छ । 

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहको जानकारी दिए । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताउनु भयो । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए।

तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नु भएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गर्नु भएको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेका छन्।

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।  

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गए । त्यसपछि थाइल्याण्ड हुदै सिङ्गापुर पुग्नु भयो । 

उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending