Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

माओवादी पदाधिकारीको नाम प्रचण्डको खल्तीमा

देव गुरूङलाई महासचिव, जनार्दन र वर्षमानलाई उपमहासचिव

खबरडबली संवाददाता

काठमाडौं । पार्टी महाधिवेशन सकिएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केन्द्रीय पदाधिकारी टुग्याउने अन्तिम गृहकार्यमा लागेका छन् ।  

गत पुसमा आठौं महाधिवेशन भएलगत्तै बसेको पहिलो केन्द्रीय समिति वैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए । उनले गत असारमा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष र तेस्रो वरीयताको उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि सारेका थिए । बाँकी पदाधिकारी टुंग्याउन बाँकी छ । 

आज बस्ने स्थायी समिति बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने दाहालको तयारी छ । संसद्मा नागरिकता विधेयकमाथि बहस भएकाले बिहीबार बोलाइएको स्थायी समिति बैठक शुक्रबारका लागि सरेको थियो। अहिले केहीबेरमा बस्ने बैठकमा प्रचण्डले बैठकमा नाम प्रस्ताव गर्नेछन्। 

प्रचण्डले चौथो वरीयतामा रहेका देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको छन्। यसअघि महासचिवमा दाबी गरेका जनार्दन शर्मा र वर्षमान पुनलाई दाहालले उपमहासचिवमा प्रस्ताव गर्ने सम्भावना छ ।

पार्टीमा विधानले पदाधिकारीको संख्या नतोके पनि एक वरिष्ठ उपाध्यक्ष भने तय गरेको छ । दाहालले नेताहरूसँगको परामर्शमा तयार पारेको प्रस्तावअनुसार उपाध्यक्षमा गणेश साह र दीनानाथ शर्मा पर्ने सम्भावना छ ।  दाहालले गुरुङलाई महासचिवमा प्रस्ताव गरे गजुरेल उपाध्यक्ष बन्ने सम्भावना छ । 

गिरिराजमणि पोखरेललाई उपाध्यक्ष वा उपमहासचिवमध्ये एकमा प्रस्ताव गर्ने दाहालको तयारी छ । स्थायी कमिटी सदस्य पम्फा भुसाल उपाध्यक्ष बन्ने सम्भावना छ । सचिवमा लीलामणि पोखरेल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, मातृका यादव, चक्रपाणि खनालको सम्भावना रहेको नेताहरूको भनाइ छ । 

गत असारमा बसेको माओवादी केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई पूर्णता दिँदै पार्टीको स्थायी समिति र पोलिटब्युरो टुंग्याएको थियो । उक्त बैठकमा वैकल्पिकसहित १ सय ५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेको थियो । सोहीअनुसार पोलिटब्युरो र स्थायी समिति सदस्यको नाम टुंगिएको हो । माओवादी केन्द्रीय समिति ३ सय ७७ सदस्यीय रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending