Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी

खबरडबली संवाददाता

खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।

जिल्ला अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा दैनिक एक सय ५० को हाराहारीमा बिरामी उपचारमा आउने गरेको डा पुष्कल राईले बताए  । “जाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोरोना भाइरसको लक्षण देखिएको छ”, उनले भने, “उनीहरुलाई आवश्यक औषधि दिएर कम्तीमा १० दिनसम्म होम आइसोलेशनमा बस्नुस् भनेर उनीहरुको आ–आफ्नै घर पठाउने गरेका छौँ ।”

कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका छन् । जिल्ला अस्पतालका ५८ स्वास्थ्यकर्मीमध्ये १४ स्वास्थ्यकर्मी बिरामी परेको जिल्ला अस्पतालका प्रशासन प्रमुख रविन फुयाँलले जानकारी दिए  । 

सेवा प्रवाहलाई निरन्तरता दिन कतिपय स्वास्थ्यकर्मी औषधि सेवन गर्दै बिरामीको उपचारमा खटिइरहेका छन् । जिल्लामा कोभिड–१९ को लक्षण देखिने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेपछि त्रास बढेको छ । 

दस स्थानीय तह रहेको जिल्लामा यसअघि सञ्चालन गरिएका कोभिड अस्पताल अहिले निष्क्रिय छन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि निष्क्रिय अस्पताल पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री जुटाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए  । 

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन एवम् रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थलमा अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्न प्रशासनले आग्रह गरेको हो । 

विमानस्थलमा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्न  आग्रह गरिएको छ । सेवा प्रदायक कार्यालयको प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन र हवाई लगायतका सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने तथा स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ । 

यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन तथा विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशाला आदि सार्वजनिक स्थानमा मास्क लगाउन प्रेरित गर्न सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार जिल्लामा यसअघिसम्म तीन हजार पाँच सय दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा हालसम्म १५ जनाको ज्यान गइसकेको छ । त्यस्तै, हालसम्म एक लाख सात हजार ४२ ले पूर्ण र एक लाख २१ हजार चार सय ३० ले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिक्देलले जानकारी दिए  । 

कोरोना सङ्क्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले  बताएका छन्  । प्रदेश सरकार, १ नं प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको अक्सिजन प्लान्ट गत सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending