Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

खबरडबली संवाददाता

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । 

विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभावपछि बिरामी मारमा छन् । 

सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताए ।  “बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ, तर चिकित्सक दरबन्दीअनुसार नभएका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित छन्”, उनले भने। 

हल्दिबारी–३ का यादव खतिवडा भन्छन्, “बिहानदेखि लाइन बसेको अहिलेसम्म पालो आएको छैन, भीड भएका कारण हरेक ठाउँमा लाइन बस्नुपर्छ । हिजो पनि आएको थिएँ ।” टाढाबाट आउने बिरामीलाई असहज भएको उहाँको भनाइ छ । 

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा (ओपिडी) लिँदै आएका छन् । 

अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको बाराकोटीले बताए।  “सेवा विस्तार भएको छ, तर जनशक्ति अभाव छ ।” अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending