झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ ।
विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभावपछि बिरामी मारमा छन् ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताए । “बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ, तर चिकित्सक दरबन्दीअनुसार नभएका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित छन्”, उनले भने।
हल्दिबारी–३ का यादव खतिवडा भन्छन्, “बिहानदेखि लाइन बसेको अहिलेसम्म पालो आएको छैन, भीड भएका कारण हरेक ठाउँमा लाइन बस्नुपर्छ । हिजो पनि आएको थिएँ ।” टाढाबाट आउने बिरामीलाई असहज भएको उहाँको भनाइ छ ।
मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा (ओपिडी) लिँदै आएका छन् ।
अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको बाराकोटीले बताए। “सेवा विस्तार भएको छ, तर जनशक्ति अभाव छ ।” अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: