Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित

खबरडबली संवाददाता

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको माओवादीको आक्रमणबाट जीर्ण बनेको प्रहरी चौकी अहिलेसम्म पनि त्यस्तै अवस्थामा छ । त्यसै जीर्ण भवनबाट प्रहरीले नागरिकको शान्ति सुरक्षा दिँदै आएको छ । प्रहरी चौकीको अझै स्तरोन्नति हुनसकेको छैन ।
  
अस्तव्यस्त अवस्थामा रहेका भवनबाट नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि समेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैन । बर्सातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ । “पानी परेपछि चुहिन्छ । राम्रोसँग सुत्न पाइँदैन । खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ । खाना पकाएर खान सकिने अवस्था  छैन”, प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज रेवन्त बोहराले भने, “नागरिकको सुरक्षाका लागि खटिएका हामी नै सुरक्षित छैनौँ । कुन बेला के हुने हो थाहा छैन । न खानाको टुङ्गो छ न बस्नको नै ।”

भजनी नगरपालिका–८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि त्यो भन्दा फरक छैन । प्रहरीले करिब ४० वर्ष पुरानो  भवनबाट नागरिकको सुरक्षा गर्नुपरेको छ । त्यो पनि आफ्नै भवन होइन । भाडामा लिएर बस्नुपरेको  प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारी बताउछन् ।  घर यति जीर्ण अवस्थामा छ कि घरको छत ढलानमा राखिएका सरिया देखिन्छन् । 

त्यो भन्दा ठूलो समस्या पथरैया नदी प्रहरीका लागि बनेको छ । नदीको किनारमै प्रहरी चौकी भएका कारण बाढी आउँदा सबैभन्दा पहिले त्यही प्रहरी चौकी डुबानमा पर्ने गरेको छ । “एकातिर बस्नको ठेगान छैन भने अर्कोतिर बाढी र डुबानको जोखिम त्यतिकै छ”, भण्डारीले भने, “प्रहरी चौकीका लागि जग्गा छ तर भवन निर्माण हुनसकेको छैन ।”
 
भजनी–५ पृथ्वीपुरमा रहेको प्रहरी चौकीको नाममा २३ बिघा जमिन छ । भारत सीमासँगै रहेको प्रहरी चौकी नाजुक अवस्थामा छ । छतका सरिया झरिसकेका छन् । त्यस्तै जटिल अवस्थामा बसेर प्रहरीले नागरिकको सुरक्षा गर्दै आएको छ । अहिलेको भवनले हिउँदको शीत पनि छेक्न नसक्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापा बताउछन् । 

भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु भए पनि निर्माण सम्पन्न हुनसकेको छैन । भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि बजेट अभावका कारण भवन सम्पन्न  हुननसकेको हो । नगरपालिकाले बहुवर्षीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको भवन अहिले बजेट अभावमा अलपत्र परेको छ । 

भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब रु ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण गरिरहेको र छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा व्यवस्थापन गर्ने भनिए पनि उपभोक्तामार्फत काम भएका कारण निर्माणमा ढिलाइ भएको छ । निर्माण सम्पन्न नभएकै भवनमा प्रहरी बस्दै आएको छ ।  

जोशीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको अवस्था पनि त्यस्तै छ । भवनको व्यवस्थापन हुन नसक्दा सेवा लिन आउने सेवाग्राहीले समेत निकै सास्ती खेप्दै आएका छन् । कार्यालय परिसरभित्र बर्सातको समयमा डुबान हुने र परिसर हिलाम्मे हुने गरेको छ । बस्नका लागि निकै समस्या हुँदै आएको प्रहरीको गुनासो छ ।

 कैलारी गाउँपालिकास्थित सीमा प्रहरी चौकी रामपुरको कार्यालय कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ । उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गा¥हो हुने गरेको छ । चैत वैशाख महिनामा हावाहुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनक धानुक बताउनुहुन्छ । उहाँले गर्मी मौसममा गर्मी थेग्न नै मुस्किल हुनेगरेको बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...

एमबीबीएस–बीडीएस विद्यार्थीको प्रदर्शन, परीक्षा प्रणाली सुधार गर्न ६ बुँदे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।  केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

झापा। जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending