Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित

खबरडबली संवाददाता

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको माओवादीको आक्रमणबाट जीर्ण बनेको प्रहरी चौकी अहिलेसम्म पनि त्यस्तै अवस्थामा छ । त्यसै जीर्ण भवनबाट प्रहरीले नागरिकको शान्ति सुरक्षा दिँदै आएको छ । प्रहरी चौकीको अझै स्तरोन्नति हुनसकेको छैन ।
  
अस्तव्यस्त अवस्थामा रहेका भवनबाट नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि समेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैन । बर्सातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ । “पानी परेपछि चुहिन्छ । राम्रोसँग सुत्न पाइँदैन । खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ । खाना पकाएर खान सकिने अवस्था  छैन”, प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज रेवन्त बोहराले भने, “नागरिकको सुरक्षाका लागि खटिएका हामी नै सुरक्षित छैनौँ । कुन बेला के हुने हो थाहा छैन । न खानाको टुङ्गो छ न बस्नको नै ।”

भजनी नगरपालिका–८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि त्यो भन्दा फरक छैन । प्रहरीले करिब ४० वर्ष पुरानो  भवनबाट नागरिकको सुरक्षा गर्नुपरेको छ । त्यो पनि आफ्नै भवन होइन । भाडामा लिएर बस्नुपरेको  प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारी बताउछन् ।  घर यति जीर्ण अवस्थामा छ कि घरको छत ढलानमा राखिएका सरिया देखिन्छन् । 

त्यो भन्दा ठूलो समस्या पथरैया नदी प्रहरीका लागि बनेको छ । नदीको किनारमै प्रहरी चौकी भएका कारण बाढी आउँदा सबैभन्दा पहिले त्यही प्रहरी चौकी डुबानमा पर्ने गरेको छ । “एकातिर बस्नको ठेगान छैन भने अर्कोतिर बाढी र डुबानको जोखिम त्यतिकै छ”, भण्डारीले भने, “प्रहरी चौकीका लागि जग्गा छ तर भवन निर्माण हुनसकेको छैन ।”
 
भजनी–५ पृथ्वीपुरमा रहेको प्रहरी चौकीको नाममा २३ बिघा जमिन छ । भारत सीमासँगै रहेको प्रहरी चौकी नाजुक अवस्थामा छ । छतका सरिया झरिसकेका छन् । त्यस्तै जटिल अवस्थामा बसेर प्रहरीले नागरिकको सुरक्षा गर्दै आएको छ । अहिलेको भवनले हिउँदको शीत पनि छेक्न नसक्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापा बताउछन् । 

भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु भए पनि निर्माण सम्पन्न हुनसकेको छैन । भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि बजेट अभावका कारण भवन सम्पन्न  हुननसकेको हो । नगरपालिकाले बहुवर्षीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको भवन अहिले बजेट अभावमा अलपत्र परेको छ । 

भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब रु ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण गरिरहेको र छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा व्यवस्थापन गर्ने भनिए पनि उपभोक्तामार्फत काम भएका कारण निर्माणमा ढिलाइ भएको छ । निर्माण सम्पन्न नभएकै भवनमा प्रहरी बस्दै आएको छ ।  

जोशीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको अवस्था पनि त्यस्तै छ । भवनको व्यवस्थापन हुन नसक्दा सेवा लिन आउने सेवाग्राहीले समेत निकै सास्ती खेप्दै आएका छन् । कार्यालय परिसरभित्र बर्सातको समयमा डुबान हुने र परिसर हिलाम्मे हुने गरेको छ । बस्नका लागि निकै समस्या हुँदै आएको प्रहरीको गुनासो छ ।

 कैलारी गाउँपालिकास्थित सीमा प्रहरी चौकी रामपुरको कार्यालय कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ । उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गा¥हो हुने गरेको छ । चैत वैशाख महिनामा हावाहुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनक धानुक बताउनुहुन्छ । उहाँले गर्मी मौसममा गर्मी थेग्न नै मुस्किल हुनेगरेको बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट ह...

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले...

महाजात्राले २६ करोड ६५ लाख कमायो

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फ...

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो । नेप...

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएको छन् । ...

गण्डकीमा कांग्रेसले संसद बहिष्कार गर्ने निर्णण

पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा  संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय द...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies