Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

भारतमाथि फिफाको प्रतिबन्ध, साफ महिला च्याम्पियनसिप खेल्न नपाउने

खबरडबली संवाददाता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।

फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ। 

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।

यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू १७ महिला विश्वकप पनि सर्ने भएको छ ‌‌।  विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको छ ।

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै लामो समयपछि साफका सातै टिमको सहभागितामा प्रतियोगिता हुन लागेको थियो ।

फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट विचलित भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो ।  तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो ।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसपछि फिफा र एसियाली फुटबल कन्फेडेरेसन ९एएफसी० ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो ।

उक्त टोलीले एआईएफएफले आफ्नो विधानलाई जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्ने र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्ने मार्गचित्र तयार गरेको थियो ।

तर, भारतीय अदालतले तुरुन्तै चुनाव गराउन आदेश दिएको थियो । साथै निर्वाचित समिति तीन महिनाको अवधिको लागि अन्तरिम निकाय हुने पनि बताएको थियो ।

अब एआईएफएफको आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्ने फिफाले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियाली खेलकुद- चीन १६१ स्वर्णसहित शीर्षस्थानमा

काठमाडौं । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्...

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ। सरकारले दैलेखको भैरवी गाउँपालिका-१ रावतकोटमा पेट्रोलियम पदा...

सुन प्रकरणमा कृष्णबहादुर महरालाई सीआईबीले कागज गरेर पठायो, प्रतिवादी नबनाउने

काठमाडौं । इलेक्ट्रिक सिग्रेट (भेप) को ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनु...

किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

काठमाडौं । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु...

उत्तरी नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी ...

समानुपातिक पद्धति हटाए समावेशिता समाप्त हुन्छ : प्रदीप पौडेल

भोजपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन्। समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले सम...

पूर्वशिक्षामन्त्री शर्माको प्रष्टीकरण- ॐ शब्द हटाउने कुरा सोच्न पनि सकिँदैन

काठमाडौं । पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन्। एक विज्ञप्ति जा...

एमालेमा ओलीको निर्देशनमा किन बढ्न थाल्यो अस्वीकार्यता ?

काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्व...

एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?

नेपालगन्ज । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेक...

सुकेटार-काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत  सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ ।  लाखौँ तीर्थया...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending