Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जुम्लामा एक हजार नौ सय २७ मतदाता थपिए

खबरडबली संवाददाता

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए । 

यही साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन बन्द भएको थियो । 

निर्वाचन कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट गरी तीन ठाउँबाट जिल्लामा मतदाता नामावली सङ्कलन भएको थियो । सो अवधिमा ३० जनाले मतदाता नामावलीमा आफ्नो नाम सच्याएका छन्  । ३१ जनाले मतदाता नामावली सारेको कम्प्युटर अपरेट रावलले जानकारी दिए। 

गतको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार सात सय ४४ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

जिल्लाको कूल मतदाता सङ्ख्याको आधारमा केही मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या बढ्न सक्ने आयोगले जनाएको छ । आयोगको केन्द्रीयबाट जुम्लाको मतदाता सङ्ख्याको विवरण पठाएपछि मात्र मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending