बालुचिस्तान । पाकिस्तानको बालुचिस्तानमा बर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ ।मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
बर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो । बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाई छ ।
बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी अन्य ठाउँमा अरु २०० घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १२:५६
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...
मंसिर २२ गते, २०८२ - ११:२३
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्...
मंसिर २२ गते, २०८२ - ११:०९
काठमाडौँ। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ ...
मंसिर २२ गते, २०८२ - ११:०३
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । शनिबार बैतडी सदरमुकाममा सम्प...
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...
मंसिर २२ गते, २०८२ - १०:१८
बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्र...




प्रतिकृया लेख्नुहोस्: