Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

युद्धले क्षतिग्रस्त गाजामा सिंहका शिशुले ल्यायो खुशीयाली

खबरडबली संवाददाता

गाजा । युद्धले क्षतिग्रस्त गाजा सहरमा सिंहका नवजात शिशुले खुशीयाली ल्याएका छन् । यहाँको चिडिया घरमा दुर्लभ रमाइलो दृश्य देखेका सबैले युद्धले थोपरेको तनावबाट केही आनन्द महसुस गरेका छन् । 

शनिबार यहाँको चिडियाखानामा सिंहका तीनदिने तीनवटा शिशु प्रदर्शनीमा राखिएको थियो । नामा चिडियाखानामा शनिबार सिंहका छाउराको प्रदर्शनीले बालबालिकामात्र नभइ वयस्कहरू पनि आल्हादित भएका थिए । इजरायली विमानले बम वर्षा गरिरहँदा प्रसव वेदनाले छटपटाएकी सिंहीनीले यस पटक भने स्वस्थ शिशु जन्माइन् । यसअघि उनको गर्भपात भएको पशु चिकित्सक महमुद अल सुल्तानले बताए । 

कर्कश र चर्को आवाजबाट  जङ्गली जनावरलाई तनाव हुने र पिँजरामा कैद उच्च गर्जन भएको जङ्गलको राजालाई मात्र होइन तारन्तारको बमबारीले अन्य जनावरलाई पनि जोखिममा पार्ने उनी बताउँछन् । 

इजरायलसँगको द्वन्द्वका कारण विगतमा यहाँका केही निजी चिडियाघरका पशु आहारा नपाएर  मरेका थिए भने केही भने मानव–मानवबीचको झगडमा मारिएका थिए । पशुकल्याणका निम्ति कार्यरत अन्तर्राष्ट्रिय समूहले यहाँका सिंह र बाघलाई जोर्डन र अफ्रिकाका आरक्षण केन्द्रमा सारिएका थिए । चिडियाघरबाट पशुलाई स्थानान्तरण वा उद्धार गर्नु आफैमा कठिन र चुनौतीपूर्ण काम हो भने त्यसको आर्थिक लागत पनि तुलनात्मकरूपमा बढी हुन्छ । 

यहाँका विद्यालयले बालबालिकालाई नियमितरूपमा चिडियाखानाको भ्रमण गराउने गरेका छन् । हरेक विद्यार्थीबाट प्रवेश शुल्कबापत एक अमेरिकी डलर लिइन्छ जुन चिडियाघरको खर्च व्यवस्थापनमा उपयोग गरिन्छ । नामा चिडियाखानामा सिंह र बाघबाहेक विभिन्न प्रजातिका चराचुरूङ्गी, बाँदर, ब्वासा, हरिण र स्याल पनि छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending