कर्णाली । कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
छ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ प्रतिशत)भन्दा बढी हो । शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्याङ्कमा कर्णाली र मधेस प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन् । नेपालमा ६२ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन् । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिए । उनले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताए ।
बहुसूचक सर्वेक्षणले गण्डकीमा २९ र बागमती प्रदेशमा ३० प्रतिशतले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएको देखाएको छ । त्यस्तै जन्मेको दुई वर्षसम्म निरन्तर स्तनपान गराउने आमाको सङ्ख्या ८९ प्रतिशत छ । दूधदानी (बोटल फिडिङ)बाट खुवाउनेको सङ्ख्या १२ प्रतिशत छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले जन्मिएको एक घण्टाभित्र गराइने स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउने बताए ।
“दूधदानीबाट आमाको वा अन्य दूध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्न नियमन र अझै सचेतनाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ”, नर्सिङ अधिकृत खत्रीले भने, “यद्यपि कर्णाली प्रदेशमा दूधदानीबाट दूध खुवाउने सङ्ख्या कम नै छ, हरेक सार्वजनिक संरचनामा स्तनपान कक्ष, स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री विकास गर्न सके स्तनपानका लागि सहज मद्दत पुग्दछ ।” जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान गराउनु, शिशु छ महिना पूरा नभएसम्म स्तनपान मात्र गराउनु र कम्तीमा दुई वर्षसम्म अन्य पौष्टिक आहारसँगै निरन्तर स्तनपान गराउनु बाल स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: