बलुचिस्तान । प्रान्तका विभिन्न भागमा आएको बाढीले ५० भन्दाबढी गाउँ डुबाएको छ ।
बलुचिस्तानमा मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा कम्बर–शाहदादकोट जिल्ला र दादु जिल्लाको कछोको पहाडी क्षेत्रमा व्यापक क्षति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित क्षेत्रका बासिन्दा ज्यान जोगाउन उच्चस्थल र सुरक्षा केन्द्रमा शरण लिन बाध्य भएका छन् । एकजना ७० वर्षीयाको बाढीका कारण उपचार नपाउँदा ज्यान गएको छ ।
विशेष गरी बलुचिस्तानमा यस वर्ष अप्रत्याशित रूपमा भारी वर्षा भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार वर्षा र बाढीका कारण बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भएको छ । बितेका २४ घण्टामा बलुचिस्तानमा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सातजना बालबालिका र एक महिलाको ज्यान गएको समाचारपत्र डनले जनाएको छ ।
खैबर पख्तुनख्वामा बाढी आएसँगै केही घरका छत भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको र १७ जना घाइते भएका छन् । बाढीले एकसयभन्दा बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । पेशावर, स्वाबी, चारसड्डा, साङ्ला, खैबर, डेरा इस्माइल खान र बाजौर सबैभन्दा बढी प्रभावित छन् । बाढीले जारा र तबिना नामका दुई बाँध पनि भत्काएको छ ।
यसैगरी, लस्बेला र खुजदारमा दुई प्रान्त जोड्ने पुल र सडकमा क्षति भएपछि सिन्धसँग बलुचिस्तानको सडक सम्पर्क पूर्ण रूपमा बन्द भएको छ । क्वेटा–कराची राजमार्गमा ठूला पुल भत्किँदा यातायात सेवा अवरूद्ध भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १४:५३
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...
चैत्र ८ गते, २०८२ - १४:२३
कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...
चैत्र ८ गते, २०८२ - १४:१२
कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...
चैत्र ८ गते, २०८२ - १४:०३
काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...
चैत्र ८ गते, २०८२ - १३:४७
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...
चैत्र ८ गते, २०८२ - १३:३९
मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...
चैत्र ८ गते, २०८२ - १३:१०
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...
चैत्र ८ गते, २०८२ - १२:५९
काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...
चैत्र ८ गते, २०८२ - १२:५१
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा श...
चैत्र ८ गते, २०८२ - १२:३९
मुक्तिनाथ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मूल्यको वस्तु आयात गर...


प्रतिकृया लेख्नुहोस्: