Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकीः राष्ट्रपति

खबरडबली संवाददाता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै रहेको बताएकी छन्  । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा ललितपुरमा आज आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एशिया क्षेत्रीय सम्मेलन’ उद्घाटन गर्दै उनले  जलवायु परिवर्तन विश्वमै ठूलो चुनौतीका रुपमा खडा भएको  उल्लेख गरिन्  । 
 
जलवायु परिवर्तनको असरलाई  सम्बोधन गर्न पनि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “विगत तीन दशकयता जलवायु परिवर्तनका बारेमा अनेकौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भए पनि नेपालजस्ता पर्वतीय राष्ट्र एवं धेरै समुद्री टापु भएका राष्ट्रको हितका लागि पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै  छ ।” उनले न्यायमा आधारित विश्वव्यवस्थाले मात्र नेपालजस्ता विकासोन्मुख राष्ट्रको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्न र सोहीअनुरूपको नीति निर्माण गर्न सघाउने पनि बताइन्  । राष्ट्रपति भण्डारीले  न्यायको सम्बन्ध कर्तव्य र उत्तरदायित्वसँग हुने हुँदा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हरेक मुलुकसँग यसबारे न्यायपूर्ण दृष्टिकोण र भावना निर्माण गर्नसके प्रतिबद्धता हासिल हुने बताइन्  । 
 
उनले अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोण संविधानमा अभिव्यक्त भएको जानकारी दिइन्  । “हामीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको   दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौँ, यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने विश्वास छ”, राष्ट्रपति भण्डारीले भनिन् । नेपाल सबै प्रकारका युद्धको विपक्षमा रहेको र राष्ट्र–राष्ट्रका बीचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्नेमा मान्यता राख्ने मुलुक भएको हो भन्दै उहाँले विश्वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ भन्ने नेपालको सुदृढ विश्वास रहिआएको पनि उल्लेख गरिन्  । 
 
राष्ट्रपति भण्डारीले थपीन्, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको स्पष्ट दृष्टिकोण छ ।” विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा समेत ठोस योगदान गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सम्मेलनको ध्यानाकर्षण गराइन् ।  
 
भूपरिवेष्ठित मुलुकका लागि निर्वाध पारवहन अधिकारको प्रत्याभूति गर्ने ‘समुद्रसम्बन्धी कानुन’ (ल अफ द सी) को निर्माण र विकास गर्न नेपालले ऐतिहासिक भूमिका निर्वाह गरेकोे उनको भनाइ थियो । 
 
राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय कानुनको मार्गदर्शनका आधारमा नेपालले विश्वका सम्पूर्ण भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकारका लागि  पैरवी मात्र नगरी मित्रराष्ट्र हुँदै समुद्रसम्म नेपालको आफ्नै पहुँच स्थापित गर्न ठोस पहल गरी सफलतासमेत हासिल गरेको जानकारी दिइन्  । 
 
उनले नेपालको यस प्रयासमा सहयोग गर्ने सम्पूर्ण मित्रराष्ट्रलाई सम्मेलनमार्फत धन्यवाद पनि दिइन्  । अन्तर्राष्ट्रिय कानुनको मान्यतामा उभिएर ‘नियममा आधारित विश्व व्यवस्था’ कायम गर्न राष्ट्रहरूले भूमिका निर्वाह गर्नुपर्ने आवाज समकालीन विश्वमा उठेको पनि राष्ट्रपति भण्डारीले  उल्लेख गरिन्  । नियम र कानुनको सोझो एवं स्पष्ट उद्देश्य न्याय स्थापना गर्नु रहेको चर्चा गर्दै उनले भनिन्, “आजको विश्वव्यवस्था नियममा आधारित हुनुपर्दछ तर त्यतिले मात्र पुग्दैन, त्यसभन्दा अझ माथि उठेर न्यायमा आधारित विश्वव्यवस्था कायम हुनुपर्दछ भन्ने विषयतर्फ यस सम्मेलनले पर्याप्त विवेचना गरोस् भन्ने मेरो आग्रह छ ।” 
 
नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय र बहुपक्षीय सन्धि, अभिसन्धि तथा महासन्धिप्रति सदैव प्रतिबद्ध रहेको र तिनको कार्यान्वयनका लागि दृढ रहेको पनि राष्ट्रपति भण्डारीले स्मरण गराइन् । उनले उक्त सम्मेलनको सफलताले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुने र अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालको योगदान स्थापित हुने विश्वास व्यक्त गरिन्  । राष्ट्रपति भण्डारीले यस सम्मेलनबाट नेपालमा अन्तर्राष्ट्रिय कानुनको अध्ययन, अनुसन्धान एवं अभ्यासमा समर्पित विद्वत वर्गलाई आफ्नो ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको र प्राज्ञिक भविष्य खोज्ने नयाँ पुस्तालाई थप उत्साह मिलेको पनि बताइन्  । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: