Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

'राष्ट्रको लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय हो'

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा रामवरण यादवले राष्ट्रको लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय रहेको बताएका छन् । उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उनले  देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हनु्  । 

“जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ”, यादवले भने । उनले  मुलुकको शिक्षाले राष्ट्र निर्माणको भावना जागृत गराउनुपर्ने दोहोर्याए। 

पूर्वराष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको सङ्ख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गरे । उनले भने, “आज दक्षसहित अधिकांश अदक्ष जनशक्ति विदेश पठाइरहेका छौँ, त्यस जनशक्तिलाई रोजगारमूलक बनाइ राष्ट्र उत्थानमा लगाउनेतर्फ सबै क्षेत्र लागौँ ।” राष्ट्र उत्थान गर्न थुप्रै गतिविध हुनुपर्ने भएकाले आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी आफ्नै देशमा राख्नुपर्ने उनको धारणा थियो । 

यादवले फरक प्रसङ्गमा जसको ठूलो हृदय हुन्छ उसले राष्ट्रको लागि केही गर्छ भने । “राष्ट्रको लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय हो, यस्ता मनले इनोभेटिभ सोच राख्दछ र काम गर्दछ”, उनले भने । उनले सेन्टरले राष्ट्र उत्थानमा योगदान पु¥याउने विश्वास लिएको उल्लेख गर्दै जनप्रतिनिधिले पनि राष्ट्रको लागि नविनतम् कार्य थालनी गर्ने युवालाई हृदयदेखि नै सहयोग गर्न आग्रह गरे  । 

नेपालका लागि जर्मनीका राजदूत टोमास हाइनरिस प्रिन्चले जर्मनमा स्कुले शिक्षा उत्तिर्ण गर्ने ५० प्रतिशत विद्यार्थीलाई व्यावसायिक शिक्षातिर लैजाने गरिएको बताए । उनले नवनिर्मित सेन्टरले राम्रो जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए  । 

पनौतीका नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले युवा जनशक्ति उत्पादन गर्ने थलोका रुपमा स्थापना हुन लागेकाले एकेडेमीप्रति खुसी व्यक्त गरे  । सो अवसरमा एकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले पनौती नपा–४ डिहीगाउँस्थित १०७ रोपनी क्षेत्रफलको जग्गा सेन्टरलाई हस्तान्तरण गरेका थिए ।   सेन्टरको पहिलो बहुआयामिक भवन जर्मन नागरिक डा ह्यान्स् जोयछिम सिडेरको सात करोड नेपाली रुपैयाँमा जर्मन संस्था सुलन फ्यूर नेपालमार्फत निर्माण हुनेछ । सेन्टरबाट वार्षिक एक हजार व्यावसायिक जनशक्ति उत्पादन गर्ने जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending