Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ

खबरडबली संवाददाता

भोजपुर । भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।

स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।

दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु पर्नेहुन्छ । यहाँका नागरिकले दुईदेखि तीन घण्टा समय लगाएर वडा कार्यालयमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था छ ।

 त्यस्तै उनीहरु चार घण्टासम्म हिँडेर वडा नं ४ नागी र वडा नं ९ लेखर्कको पाँचधारेमा पुगेर आधारभूत स्वास्थ्य सेवा लिन बाध्य छन् । त्यहाँ पुग्नका लागि उनीहरुले चार घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयवासी सन्तोष विष्टले बताए । विष्टले भने, ‘‘हाम्रो क्षेत्रबाट आधारभूत स्वास्थ्य सेवा लिन धेरै समस्या छ । यहाँबाट स्वास्थ्य चौकी पुग्न धेरै टाडा छ । हामीले सामान्य औषधि खरिदको लागि पनि खावा, नागी तथा पाँचधारे नै पुग्नुपर्छ । जहाँ पुग्न दुईदेखि चार घण्टासम्म पैदलयात्रा गर्नुपर्ने हुन्छ ।’’ स्थानीयवासीले आफ्नो क्षेत्रमा सहज आधारभूत स्वास्थ्य सेवाको लागि माग गरिरहेका छन् । सामान्य खालका औषधि लिनसमेत घण्टौँ पैदल हिँड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको स्थानीयवासी हर्कराज लुइँटेलले जानकारी दिए। 

वर्षातयाम सुरुभएपछि यातायात सेवा पूर्ण रुपमा बन्दा हुँदा झनै समस्या भएको लुइँटेलको भनाइ छ । उनले भन्नुभयो,‘‘हाम्रो क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ । हुन त आजको समस्या होइन् । वषौँबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायकपर्ने स्थानमा स्वास्थ्य संस्था छैन । हामीले विभिन्न निकायमा यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकीको गरिरहेका छौँ । तर कुनै पनि निकायबाट पहल हुनसकेको छैन् । हाम्रो क्षेत्रमा एउटा स्वास्थ्य चौकीको अति नै आवश्यक छ ।’’

साविक खावा गाउँ विकास समितिक वडा नं– ९, ८ र ७ का स्थानीयवासीलाई लक्षित गरेर स्वास्थ्य चौकीको स्थापना गरी दिए सहज हुने मझौलेका स्थानीयवासी शिवकुमार विष्टले बताए। ठूलो भूगोल रहेका कारण वडा कार्यालय रहेको स्थान वडा– ५ खावामा सेवा लिन जान सास्ती रहेको उनको भनाइ छ । वर्षातको सिजन रहेकोले विभिन्न खाले हैजाबाट बिरामी हुँदा घरयासी उपचार र धाँमी झाँक्रीको भरमा बस्नुपर्ने अवस्था रहेको विष्टले जानकारी दिए।
 
उनले भने , ‘‘हाम्रो यो भूगोल निकै ठूलो छ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकी पुग्न नै हामीलाई दुईदेखि तीन घण्टा लाग्छ । बिरामीलाई स्टेचरमा बोकेर लैजाँदा त त्यो भन्दा बढी समय लाग्छ । यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकी स्थापना भए हामीलाई राहत पुग्ने थियो । हाम्रो क्षेत्रमा सामान्य स्वास्थ्य सेवा नपाएर नै ज्यान गुमाउनुपर्ने अवस्था छ । यसमा सरकोकारवाला पक्षको ध्यान गए हुने ।’’

स्थानीयवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि काम गरिरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कतिपय ठाउँमा आधारभूत स्वास्थ्य सेवा लिन नै समस्या रहेकोले त्यस्ता क्षेत्रमा स्वास्थ्य चौकी स्थापनाको लागि केन्द्र सरकारसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
 
उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिकामा मात्र नभएर जिल्लाका धेरै दुर्गम भेगमा यस्तो समस्या छ । झन वर्षात सुरु भएपछि  त कतिपय ठाउँका स्थानीयवासीलाई स्वास्थ्य चौकी पुग्नै कठिन छ । त्यस्ता ठाँउलाई लक्षित गरेर सहज सेवाका लागि हामी पहल गछौँ । कतिपय कुरा स्थानीय सरकारको पहँुच भन्दा बाहिरको विषय भएकोले त्यस्ता विषयमा केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ । केन्द्र तथा प्रदेश सरकारसँग नागरिकको समस्यालाई समाधानमा गाउँपालिकाले काम गरिरहेको छ ।’’

गाउँपालिकाका विकट तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । जसको लागि वडा नं १ तिम्माको खम्वुखा र वडा न २ रुमलामा स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि काम भइरहेको उनले जानकारी दिए। अध्यक्ष बस्नेतले भन्नुभयो,‘‘ हामीले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न दुई स्थानमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छौँ । वडा नं ५ खावाको चोलन्ती र मझौलेलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र स्थापना पर्ने योजना छ । अस्थायी रुपमा भए पनि त्यसपछि अन्य ठाउँमा पनि काम गर्छौँ । स्थायी रुपमा स्वास्थ्य चौकी स्थापना गर्नका लागि पनि पहल भइरहेको छ ।’’
 
सरकारले गत वर्षको मङ्सिर १५ गते देशभरसँगै भोजपुरका नौ ओटा स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरेको छ । तीन अस्पताल निर्माणको काम पनि भइरहेको छ । कतिपय स्थानीय तहमा भने अस्पताल निर्माणको काममा ढिलाइ भएको कारण स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

सरकारले यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा  पाँचदेखि १५ शय्याको अस्पताल शिलान्यास गरेको हो । यहाँका स्थानीय तहरुले आवश्यक प्रक्रिया पूरा गरेर निर्माणको काम गरिरहेको जनाएका छन् । पौवादुङमा गाउँपालिकाको  रु चार करोड ८१ लाख १४ हजारमा लागतमा पाँच क्षमता अस्पताल निर्माणको काम ४५ प्रतिशत  बढी सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यहाँ गत वर्षको फागुन महिनाबाट निर्माण थालिएको हो ।  

साल्पासिलिछो गाउँपालिकामा रु छ करोड ६५ लाख लागतमा पाँच शय्या, आमचोक गाउँपालिकामा रु १२ करोड  ५० लाख लागतमा १० शय्या, हतुवागढी गाउँपालिकामा रु १६ करोड लागतमा १५ शय्या क्षमताको अस्पताल निर्माण हुने जनाइएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकाको कोटमा रु १८ करोड ६५ लाख १४ क्षमताको अस्पताल निर्माण हुनेछ । यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ बस दुर्घटना: छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...

प्रधानमन्त्री पद खेलौना होइन, ख्यालख्यालमा घोषणा गरेर हुँदैन : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...

टिकटकर तुलसाविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा, भ्रामक सूचना नफैलाई अनुसन्धानमा आउन प्रहरीको अनुरोध

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...

प्रत्येक बुथमा ३० जना भोलेन्टियर खटाउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...

हुम्लामा एक किशोरी मृत फेला

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...

बालेनको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...

दुर्घटनाग्रस्त बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...

निवर्तमान एमालेकी सांसद सम्झना थपलिया रास्वपा प्रवेश

काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्। सोमबार सिरहाको गोलबजारमा आयोजित क...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE