Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ

खबरडबली संवाददाता

भोजपुर । भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।

स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।

दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु पर्नेहुन्छ । यहाँका नागरिकले दुईदेखि तीन घण्टा समय लगाएर वडा कार्यालयमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था छ ।

 त्यस्तै उनीहरु चार घण्टासम्म हिँडेर वडा नं ४ नागी र वडा नं ९ लेखर्कको पाँचधारेमा पुगेर आधारभूत स्वास्थ्य सेवा लिन बाध्य छन् । त्यहाँ पुग्नका लागि उनीहरुले चार घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयवासी सन्तोष विष्टले बताए । विष्टले भने, ‘‘हाम्रो क्षेत्रबाट आधारभूत स्वास्थ्य सेवा लिन धेरै समस्या छ । यहाँबाट स्वास्थ्य चौकी पुग्न धेरै टाडा छ । हामीले सामान्य औषधि खरिदको लागि पनि खावा, नागी तथा पाँचधारे नै पुग्नुपर्छ । जहाँ पुग्न दुईदेखि चार घण्टासम्म पैदलयात्रा गर्नुपर्ने हुन्छ ।’’ स्थानीयवासीले आफ्नो क्षेत्रमा सहज आधारभूत स्वास्थ्य सेवाको लागि माग गरिरहेका छन् । सामान्य खालका औषधि लिनसमेत घण्टौँ पैदल हिँड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको स्थानीयवासी हर्कराज लुइँटेलले जानकारी दिए। 

वर्षातयाम सुरुभएपछि यातायात सेवा पूर्ण रुपमा बन्दा हुँदा झनै समस्या भएको लुइँटेलको भनाइ छ । उनले भन्नुभयो,‘‘हाम्रो क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ । हुन त आजको समस्या होइन् । वषौँबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायकपर्ने स्थानमा स्वास्थ्य संस्था छैन । हामीले विभिन्न निकायमा यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकीको गरिरहेका छौँ । तर कुनै पनि निकायबाट पहल हुनसकेको छैन् । हाम्रो क्षेत्रमा एउटा स्वास्थ्य चौकीको अति नै आवश्यक छ ।’’

साविक खावा गाउँ विकास समितिक वडा नं– ९, ८ र ७ का स्थानीयवासीलाई लक्षित गरेर स्वास्थ्य चौकीको स्थापना गरी दिए सहज हुने मझौलेका स्थानीयवासी शिवकुमार विष्टले बताए। ठूलो भूगोल रहेका कारण वडा कार्यालय रहेको स्थान वडा– ५ खावामा सेवा लिन जान सास्ती रहेको उनको भनाइ छ । वर्षातको सिजन रहेकोले विभिन्न खाले हैजाबाट बिरामी हुँदा घरयासी उपचार र धाँमी झाँक्रीको भरमा बस्नुपर्ने अवस्था रहेको विष्टले जानकारी दिए।
 
उनले भने , ‘‘हाम्रो यो भूगोल निकै ठूलो छ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकी पुग्न नै हामीलाई दुईदेखि तीन घण्टा लाग्छ । बिरामीलाई स्टेचरमा बोकेर लैजाँदा त त्यो भन्दा बढी समय लाग्छ । यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकी स्थापना भए हामीलाई राहत पुग्ने थियो । हाम्रो क्षेत्रमा सामान्य स्वास्थ्य सेवा नपाएर नै ज्यान गुमाउनुपर्ने अवस्था छ । यसमा सरकोकारवाला पक्षको ध्यान गए हुने ।’’

स्थानीयवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि काम गरिरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कतिपय ठाउँमा आधारभूत स्वास्थ्य सेवा लिन नै समस्या रहेकोले त्यस्ता क्षेत्रमा स्वास्थ्य चौकी स्थापनाको लागि केन्द्र सरकारसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
 
उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिकामा मात्र नभएर जिल्लाका धेरै दुर्गम भेगमा यस्तो समस्या छ । झन वर्षात सुरु भएपछि  त कतिपय ठाउँका स्थानीयवासीलाई स्वास्थ्य चौकी पुग्नै कठिन छ । त्यस्ता ठाँउलाई लक्षित गरेर सहज सेवाका लागि हामी पहल गछौँ । कतिपय कुरा स्थानीय सरकारको पहँुच भन्दा बाहिरको विषय भएकोले त्यस्ता विषयमा केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ । केन्द्र तथा प्रदेश सरकारसँग नागरिकको समस्यालाई समाधानमा गाउँपालिकाले काम गरिरहेको छ ।’’

गाउँपालिकाका विकट तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । जसको लागि वडा नं १ तिम्माको खम्वुखा र वडा न २ रुमलामा स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि काम भइरहेको उनले जानकारी दिए। अध्यक्ष बस्नेतले भन्नुभयो,‘‘ हामीले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न दुई स्थानमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छौँ । वडा नं ५ खावाको चोलन्ती र मझौलेलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र स्थापना पर्ने योजना छ । अस्थायी रुपमा भए पनि त्यसपछि अन्य ठाउँमा पनि काम गर्छौँ । स्थायी रुपमा स्वास्थ्य चौकी स्थापना गर्नका लागि पनि पहल भइरहेको छ ।’’
 
सरकारले गत वर्षको मङ्सिर १५ गते देशभरसँगै भोजपुरका नौ ओटा स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरेको छ । तीन अस्पताल निर्माणको काम पनि भइरहेको छ । कतिपय स्थानीय तहमा भने अस्पताल निर्माणको काममा ढिलाइ भएको कारण स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

सरकारले यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा  पाँचदेखि १५ शय्याको अस्पताल शिलान्यास गरेको हो । यहाँका स्थानीय तहरुले आवश्यक प्रक्रिया पूरा गरेर निर्माणको काम गरिरहेको जनाएका छन् । पौवादुङमा गाउँपालिकाको  रु चार करोड ८१ लाख १४ हजारमा लागतमा पाँच क्षमता अस्पताल निर्माणको काम ४५ प्रतिशत  बढी सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यहाँ गत वर्षको फागुन महिनाबाट निर्माण थालिएको हो ।  

साल्पासिलिछो गाउँपालिकामा रु छ करोड ६५ लाख लागतमा पाँच शय्या, आमचोक गाउँपालिकामा रु १२ करोड  ५० लाख लागतमा १० शय्या, हतुवागढी गाउँपालिकामा रु १६ करोड लागतमा १५ शय्या क्षमताको अस्पताल निर्माण हुने जनाइएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकाको कोटमा रु १८ करोड ६५ लाख १४ क्षमताको अस्पताल निर्माण हुनेछ । यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending