Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

छिटो सूचना दिने नाउँमा मिथ्या सूचना प्रवाह गर्ने तर्फ हामी सजग हुनुपर्छ: मन्त्री कार्की

खबरडबली संवाददाता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिटो सूचना दिने नाउँमा मिथ्या सूचना प्रवाह गर्दा त्यसले समाजलाई पार्ने नकारात्मक प्रभावतर्फ पनि हामी सजग हुनुपर्ने बताएका छन्  ।
 
उनले राष्ट्रिय समाचार समिति (रासस) ले व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र मूल मर्मबाट विचलित नभईकन आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि गर्दै लैजाने  विश्वास व्यक्त गरेका छन् । 
 
राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै  उनले राससले सदैव समाचार समिति क्षेत्रको एउटा अग्रणी संस्थाका रुपमा आफूलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।  
 
सरकारका प्रवक्ता कार्कीले भने, “नागरिकको सूचना पाउने संवैधानिक हकलाई सम्मान गर्दै सूचनामा आम नागरिकको पहुँचलाई अभिवृद्धि गर्न राससलगायत अन्य सञ्चारमाध्यमलाई अहिले विशेष चुनौती छ, छिटो सूचना दिने नाउँमा मिथ्या सूचना प्रवाह गर्दा त्यसले समाजलाई पार्ने नकारात्मक प्रभावतर्फ पनि हामी सजग हुनुपर्छ ।” 
 
उनले  राससको नवनिर्मित भवनले समग्र कार्य प्रणाली र सेवा प्रवाहलाई अझ महत्वपूर्ण, प्रभावकारी र समयानुकूल बनाउन उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्दै विगत ६ दशकदेखि नेपालमा राससले विश्वसनीय सूचना प्रवाह गर्ने संस्थाका रुपमा आफूलाई स्थापित गरेको बताए । मन्त्री कार्कीले ठूलो भवनसँगै राससले दक्ष जनशक्ति, आधुनिक उपकरण र सामग्रीको बदलिँदो परिवेशअनुरुप समाचार सामग्री प्रस्तुत गर्न सफल हुने  विश्वास व्यक्त गर्दै राससको समग्र विकासमा सहयोग र सहजीकरण गर्न सरकार सदैव तयार रहेको जानकारी दिए ।  
 
उनले भने, “आम नागरिकमा अहिले मिडिया उपभोग, सञ्चार प्रविधिमा नयाँ नयाँ प्रयोग भरहेको छ, त्यस अनुसारको आम नागरिकको मनोविज्ञानमा पनि परिवर्तन आएको छ,  त्यो परिवर्तनलाई पनि आत्मसात् गर्दै समयानुकूल सूचना प्रणालीलाई स्थापित गरेर अगाडि बढाउनका निम्ति अहिलेको परिवर्तित अवस्थामा राससले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।” 
 
विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको बताउँदै उनले  स्वच्छ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई  बलियो बनाउने विश्वास व्यक्त गरे । 
 
सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वच्छ, सत्यतथ्य, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको जनाउँदै उनले  सरकारले संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्दै खुल्ला र स्वतन्त्र समाज निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकका रुपमा आफूलाई स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending