काठमाडौं । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे ।
'बायोलोजी' विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य भएको समाचार आजको नागरिक दैनिकमा छ ।
तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो। विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए।
'डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,' खर्बुजाले भने।
काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बारख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो।
त्यही नै आइपुगेको बा६१प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बजियो। रूख ढल्दा दुवै सवारीसाधनमा सवार गरी तीनजनाको मृत्यु भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: