Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

आगामी निर्वाचनमा विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उनले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताए। 

“मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ”, महासचिव पोखरेलले भने, “एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ ।” उनले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने भनाइ राखे। 

महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो त्यति नै मुलुक अस्थिर हुने र वैदेशिक हस्तक्षेप बढ्ने बताए । उनले मुलुक निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको र त्यो दिशामा एमाले अगाडि बढ्ने बताए। महासचिव पोखरेलले मुलुकमा पुरानो नेतृत्वलाई विस्थापित गर्न सके पनि नयाँ नेतृत्व र वर्गलाई स्थापित गर्न नसकेको बताए। 

उनले २०६२/६३ को जनआन्दोलनले सबै समस्यालाई समाधान गर्छ भन्ने लागेको भए पनि त्यो पूरा नभएको स्पष्ट पारे। एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले पार्टी र सम्पादकसँग खाडल पुर्न तथा पार्टीले सुधार्नुपर्ने कुराको सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending