Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेको हो । 

अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताउनुभयो । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्नेसम्बन्धी विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहँदा समस्या परेको उहाँको भनाइ छ ।

अध्यक्ष मल्लले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले सङ्घीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन आग्रह गरे। “मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्रसँग सम्बन्धित सबै विधेयकलाई सङ्घीय निर्वाचनअघि पारित गराउन सभामुखलाई आग्रह गर्दछु”, उनले भने।

उनले मुलुकमा व्यवस्थित ढङ्गले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने बताए। अध्यक्ष मल्लले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए । 

भेटमा सभामुख सापकोटाले संसद्मा रोकिएका विधेयक अगाडि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। “केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, बजेटसँग सम्बन्धित विधेयकहरु करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending