Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र यहाँको पानी काठमाडौँ लैजान आग्रह गरेका छन् । बाढीले तहसनहस बनाएको हेलम्बुलाई सङ्घीय सरकारले बेवास्ता गरेको उनको गुनासो थियोे । स्थानीय सरकार र केन्द्र सरकारबीच तालमेल नमिल्दा विगत लामो समयदेखि काठमाडौँवासीको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना फेरि अन्योलमा परेको छ । स्थानीयवासीका समस्याप्रति आयोजना र सङ्घीय सरकार उदासीन रहेका कारण मेलम्चीको भविष्य अन्योलमा परेको अध्यक्ष शेर्पाको आरोप थियो ।

पछिल्लो समय गत असार र साउनमा आएको भीषण बाढीले बाटोघाटो पुलपुलेसा सबै बगाएपछि अवरुद्ध भएको आयोजनामा गाउँपालिकाकै सक्रियता र सहयोगमा सञ्चालन भएको थियो ।

मेलम्चीको पानी काठमाडौँ पठाउने क्रममा गत चैत २९ गते उक्त गाउँपालिकाले स्थानीयवासीको समस्या समेटेर खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको थियो ।

मेलम्ची खानेपानी पीडित क्षेत्रका बासिन्दाका लागि सञ्चालित स्थानीय सामाजिक उत्थान कार्यक्रम ९सुप० स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको महसुल लेवीको टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितहरुलाई कम्तीमा प्रतिपरिवार रु २० लाख उपलब्ध गराउनुपर्ने, बाढीका कारण बगेका व्यवसायीहरुको व्यवसाय पुनःस्थापनामा सहयोग गर्नुपर्नेलगायत मागहरु उक्त ध्यानाकर्षणपत्रमा समेटिएको थियो ।

हेलम्बुका समस्याबारे जानकार हुँदाहुँदै र पटक–पटक स्थानीय जनसरोकारका विषयमा अवगत गराउँदा पनि नेपाल सरकारको आव ०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजनाका विषयमा एक शब्द पनि नबोलिनु दुःखद भएको गाउँपालिका अध्यक्ष शेर्पाले गुनासो गरे। उनले आयोजनामा अफ्ठ्यारो पर्दा स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरेर केन्द्र सरकारलाई सहयोग गरे पनि आफूहरुको समस्या समाधानमा भने चासो नदेखाएको उनको गुनासो थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending