कर्णाली । महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको अद्यावधिक बेरुजु रु दुई अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ ।
आव २०७७/७८ मा प्रदेश सरकार र मातहतका गरी १५१ निकायको रु ३१ अर्ब आठ करोड ९० लाख ३६ हजारको लेखापरीक्षण सम्पन्न भएकामा रु एक अर्ब ६० करोड १८ लाख नौ हजार बेरुजु देखिएको छ । यो बेरुजु कूल लेखापरीक्षण अङ्कको ५.१५ प्रतिशत हुन आउँछ । आव २०७६/७७ मा लेखापरीक्षण अङ्कको ३.५६ प्रतिशत अर्थात् रु एक अर्ब १९ करोड ६९ लाख २१ हजार भएकामा यस वर्ष ५.१५ प्रतिशत कायम भई बेरुजु बढेको छ ।
कर्णाली प्रदेश सरकारका १४१ प्रदेश कार्यालयमध्ये ७५ कार्यालयको बेरुजु नदेखिएको प्रतिवेदनले जनाएको छ । आर्थिक कार्यविधि ऐनअनुसार प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको कारोबार बेरुजु हो ।
प्रतिवेदनले लेखापरीक्षण बक्यौता बाँकी रहेका भू तथा जलाधार व्यवस्थापन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिको आव २०७७/७८ को विनियोजन राजस्व र धरौटीसमेतको लेखापरीक्षण हुन नसकेको जनाएको छ ।
ती कार्यालयलाई कानुनबमोजिम लेखापरीक्षण गराउनुका साथै प्रदेशका कानुन निर्माण गर्न, सङ्गठन र कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । प्रदेशमातहतका १९१ सङ्गठन संरचना र दुई हजार ८४८ दरबन्दी स्वीकृत भएकामा प्रदेश निजामती किताबखाना स्थापना नभएकाले ती पद दर्तामा ढिलाइ अबिलम्ब कानुन निर्माण गर्न सुझाव दिएको छ ।
महालेखापरीक्षकको प्रतिवेदनले प्रदेश सरकारले सङ्घीय सरकारका निकायलाई बजेट विनियोजन नगर्न सचेत गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सङ्घीय सरकारमातहत रहेको प्रहरी कार्यालयलाई भवन निर्माणका लागि बजेट खर्च गरेपछि लेखापरीक्षणले त्रुटि औँल्याएको हो । त्यस्तै कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधासम्बन्धी ऐन २०७५ मा स्वकीय सचिवालयका कर्मचारीले सुरुको तलबमात्र पाउने व्यवस्थाविपरीत ३२ कर्मचारीलाई चाडपर्व खर्चवापत एक महिनाको तलब रु नौ लाख एक हजार खर्च असुल गर्नुपर्ने ठहर गरेको छ ।
महालेखापरीक्षकको कार्यालयले बुधबार आव २०७७÷७८ को कर्णाली प्रदेश सरकारको लेखापरीक्षणसम्बन्धी वार्षिक प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेको थियो । महालेखापरीक्षकको कार्यालयले कानुनको पालना, जवाफदेहिता वहन, लेखापालन र आर्थिक कारोबारको स्थिति, सार्वजनिक सम्पत्ति र स्रोत–साधनको उपयोग, सार्वजनिक निर्माण र सेवा प्रवाहजस्ता विषयलाई आधार मानेर लेखापरीक्षण गर्ने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: