Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

मन्त्री बडूद्वारा आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

नेपाल निर्यात व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निर्यात प्रवद्र्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका हुन्  ।

“मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु”, उनले भने । आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सकेमात्र नेपालको व्यापार घाटा कम हुने उनको भनाइ छ ।

उद्योगमन्त्री बडूले निर्यात प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरे । राष्ट्रिय उत्पादन बढाएर निर्यात प्रवद्र्धनमा सरकार सधैँ निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ । उनले निर्यात क्षेत्रलाई बढावा दिन सरकारले व्यवसायलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गरेको बताए । मन्त्री बडूले नेपालमा उत्पादित वस्तुलाई प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई विदेशमा सजिलै निर्यात गर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहेको बताए  । “निर्यात प्रवद्र्धनका लागि राजदूतसँगको अन्तरक्रियाले सहयोग पुग्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ”, उनले भने ।

उनले विदेशमा रहेका नेपालका ४० कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रालयले ६÷६ महिनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

उनले नेपालको निर्यात प्रवद्र्धनका लागि अर्थ, परराष्ट्र, उद्योग, कृषि, वन मन्त्रालयका प्रतिनिधि र व्यवसायी सम्मिलित स्थायी संयन्त्र बनाउनुपर्ने, स्वदेशी कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने, निर्यात व्यवसाय सञ्चालनका लागि पूर्वाधारमा निःशुल्क वा ५० प्रतिशत लगानी गरी सरकारी तथा निजी साझेदारीमा निर्यात प्रवद्र्धनका लागि संयुक्त रणनीति बढाउन सरकारलाई आग्रह गरे ।

अध्यक्ष गुरुङले नेपाली निर्यातकर्तालाई परेको समस्या समाधानका लागि राजदूतको भूमिका ठूलो रहेको बताउँदै नेपाली वस्तुको निर्यातमा सघाउ पुग्ने खालको व्यवसायी सम्झौताका लागि सहयोग गर्न राजदूतसमक्ष आग्रह गरे । उनल निर्यातजन्य वस्तुको अनुसन्धान तथा विकासका साथै निर्यातको उच्च सम्भाव्यता अध्ययन रहेका वस्तुको प्रवद्र्धनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

महासङ्घका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा रु १३ खर्ब आठ अर्बको वस्तु आयत गर्दा निर्यात भने रु एक खर्ब ४१ अर्बमा सीमित भएको छ । सोही अवसरमा उपस्थित राजदूतले भने नेपालको निर्यात व्यवसायलाई प्रवद्र्धन गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending