Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसंघ ।  नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभयो, “पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो । यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो ।”   

‘वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ । सन् २०२० मा यो दर एक प्रतिशत भन्दा कम भएको थियो ।   विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ । 

उप सहारा क्षेत्रका अफ्रिकी देशहरूले सन् २०५० सम्ममा विश्व जनसङ्ख्याको वृद्धिको आधाभन्दा बढी योगदान गर्ने अनुमान गरिएको पनि उक्त रिपोर्टमा उल्लेख छ । सन् २०५० सम्म अनुमानित वृद्धिको आधाभन्दा बढी हिस्सा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया गरी आठ देशहरूमा केन्द्रित हुनेछ रिपोर्टमा उल्लेख गरिएको छ ।

“तीव्र जनसङ्ख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ । यसको विपरीत, दीगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसङ्ख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ,” रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप–महासचिव लिउ झेन्मिनले बताउनुभएको छ ।   

उक्त रिपोर्टमा बताइएअनुसार हालैका दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमता उल्लेखनीय रूपमा घटेको छ । प्रजनन क्षमताको निरन्तर न्यून स्तर र कुनै–कुनै अवस्थामा, बसाइँ सराइको उच्च दरको कारण ६१ देश वा क्षेत्रहरूको जनसङ्ख्या सन् २०२२ देखि सन् २०५० को बीचमा एक प्रतिशत वा त्योभन्दा बढी घट्ने प्रक्षेपण गरिएको उक्त अध्ययनले जनाएको छ ।

रिपोर्टमा सन् २०२२ मा विश्वको जनसङ्ख्या ६५ र त्योभन्दा बढी मुलुकमा जनसङ्ख्या १० प्रतिशतबाट बढेर सन् २०५० मा १६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

उक्त रिपोर्टमा भनिएको छ, “वृद्ध जनसङ्ख्या भएका देशहरूले सामाजिक सुरक्षा र पेन्सन प्रणालीको स्थायित्वमा सुधार गर्नुका साथै विश्वव्यापी स्वास्थ्य सेवा तथा दीर्घकालीन देखभाल प्रणालीहरू स्थापना गरेर वृद्ध व्यक्तिहरूको बढ्दो अनुपातअनुसार सार्वजनिक कार्यक्रमहरू अनुकूलन गर्न कदम चाल्नुपर्छ ।”

अहिले मृत्युदरमा थप कमी आएको छ र सन् २०५० मा विश्वव्यापी औसत आयु ७७।२ वर्ष हुने प्रक्षेपण गरिएको छ । 

सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२।८ वर्ष रहेको रिपोर्टमा जनाइएको छ । यो सन् १९९० को तुलनामा करिब नौ वर्षको सुधार हो । तथापि, सन् २०२१ मा विश्वव्यापी औसत आयु ७१ वर्षमा झरेको थियो । प्रायजसो कोभिड–१९ महामारीको कारणले गर्दा, र कम विकसित देशहरूको औसत आयु विश्वव्यापी औसत आयुभन्दा सात वर्ष पछि रहेको पाइएको छ । 

सन् १९९० देखि विश्वभर जनसङ्ख्या वृद्धिसँग सम्बन्धित विषयहरूमा जनचेतना जगाउन जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाईंदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: