Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

गाउँमै शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पु¥याउनुपर्ने बाध्यता अन्त्य भएको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो । 

आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौँसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी  छन् ।

यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसँगै सेवा विस्तार गरिएको हो । 

शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जानुपर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । 

इन्द्रावती गाउँपालिकाका देव मगर, मेलम्चीमै श्रीमतीले शल्यक्रिया सहितको सुरक्षित निःशुल्क प्रसूति सेवा पाउँदा खुसी व्यक्त गर्छन्। विगतमा गर्भवतीको असामान्य अवस्थामा आमा र बच्चा दुवैको जोखिम हुँदाँ सुरक्षित प्रसूतिकै लागि धुलिखेल र काठमाडौँसम्म लैजानुपर्ने बाध्यता थियो । 

सहरका महँगा अस्पतालको उपचार खर्च धान्न यहाँका दुर्गम ठाउँका स्थानीयलाई मुस्किल हुन्थ्यो । आफ्नै ठाउँमा अहिले विशेषज्ञ चिकित्सककै संलग्नतामा जटिल प्रसूति सेवा पाएपछि यहाँका गर्भवतीलाई राहत मिलेको इन्द्रावती गाउँपालिकाका अञ्जली मगर बताउँछन्। 

विभिन्न सेवाको विस्तारसँगै जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिनेको चाप बढेको छ । यसकारण गुणस्तरीय सेवाको लागि जनशक्तिको अभाव, भौतिक पूर्वाधार, आर्थिक प्रशासनलगायत अन्य क्षेत्रको अभाव खड्किएको मेलम्ची नगर अस्पतालका प्रमुख डा दामोदर पौडेलको भनाइ छ ।

पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको मेलम्ची नगरपालिकामा अस्पताल सञ्चालन तथा शल्यक्रियाका आवश्यक सामग्री र विशेषज्ञसहित स्वास्थ्यकर्मीको सेवा उपलब्ध भएपछि मेलम्चीका मात्र नभएर अन्य पालिकाका दुर्गम ठाउँका नागरिकलाई पनी स्वास्थ्य सेवा लिन सहज भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending