धनगढी । सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि आइतबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत भएको प्रदेश सरकारको बजेट कार्यक्रममा सत्तापक्ष नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगन हुँदै आएको छ ।
प्रदेशसभा सदस्य देवराज पाठकले आजको कार्यव्यवस्था समितिको बैठकमा पनि सहमति जुट्न नसक्दा आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको बताए।
सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को केही दिनअघि बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रमका पक्षमा उभिन सदस्यहरुलाई निर्देशन (ह्विप) दिइएको थियो ।
सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन । असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासोहरु सदस्यले गरेका छन्।
सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालयगत शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको गुनासो प्रदेशसभा सदस्यहरुको छ ।
असन्तुष्टिका बारेमा सरकारसँग बसेर छलफल नगरेसम्म र बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरु रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: