Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कर्णालीमा माग : हिमाली जिल्लामा दोब्बर बजेट थप्नुपर्छ

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन्। 

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशनको २०औँ बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्न प्रदेशसरकारको ध्यानाकर्षण गराए। 

“हुम्लामा र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ”, उनले भने, “यसले गर्दा सुर्खेतमा लाग्ने विकास खर्चभन्दा ती जिल्लाहरूमा दोब्बरले बजेट बढ्छ ।”

यो अवस्थालाई सरकारले ध्यान नदिइ बजेट विनियोजन गर्दा विकट हिमाली जिल्लाहरू मर्कामा परेको टिप्पणी गरे। चालु आर्थिक वर्ष २०७८÷७९ मा सामाजिक विकास मन्त्रालयले हिमालदेखि भित्री मधेसका जिल्लामा रु ४० लाखका विद्यालय भवन निर्माणकार्य समतामुखी नभएको र त्यसबाट हिमाली जिल्लामा पर्न गएको क्षति सरकारले व्यहोर्नुपर्ने उनको जिकिर थियो ।

सरकारले अब हिमाली जिल्लाको विकटतालाई बुझेर बजेट दोब्बर गर्नुपर्ने वा आफैले ढुवानी दिनुपर्नेमा उनले जोड दिए। 

प्रदेशसभा सदस्य शाहीले कर्णाली सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा शेयर लगानी गरेको प्रति प्रंशसा गर्दै यही २२ गतेको बाढीले डोल्पा पूर्ण क्षति भएका १० घरका परिवारलाई क्षति तथा राहत उपलब्ध गराउनसमेत आग्रह गरेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै

स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending