Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हकअधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्रज्ञा सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकका सबै जातजाति तथा समुदायको भाषा र संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रङ्गीचङ्गी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ सङ्कल्पित रहेको बताए। 
 
नाट्य प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री देउवाले भने,“नेपालको संविधानले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने कुरालाई सुनिश्चित गरेको छ, त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्छ ।”
 
सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै मानिसमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको उनको भनाइ छ । उनले नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री देउवाले भने, “प्रतिष्ठानले विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिको क्षेत्रमा विशेष प्रशिक्षण, बाल नाटक, महोत्सव, लोपोन्मुख सङ्गीत परम्पराको संरक्षणका लागि एक प्रदेश एक परम्परा आदि कार्यक्रमको आयोजना गर्दै देशको विभिन्न भूगोल, जाति, समुदायसम्म आफूलाई पु¥याएको छ, जसले राष्ट्रिय एकताको सुत्रलाई बलियो बनाएको छ ।” 
 
उनले सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान भनेको कला, कलाकार र सहजकर्ताको संस्था भएको बताउँदै लोकतन्त्रको स्थापना र संवद्र्धनमासमेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको बताए।  
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवद्र्धनको निम्ति आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 
नेपल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनको निम्ति स्थानीय तह, राजनीतिक दल र प्राज्ञहरुबीच नेपालको संस्कृति, कला र साहित्यको विषयमा छलफल हुनुपर्ने आवश्यकता औँल्याए। नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्य ९कान्छाकुमार कर्माचार्य० र नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले नेपाली साहित्य क्षेत्रको विकासमा जोड दिनुपर्ने  धारणा व्यक्त गरे । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाल बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी, नयाँ भवनको काम अपूरै

काठमाडौं । संघीय संसद् सचिवालय ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न हाल प्रयोग भइरहेको बहुउद्देश्यीय संसद् हलमै संयुक्त बैठक बस्ने तयारी गरेको छ।...

बेल्जियम रेल-मिनीबस दुर्घटनामा चार जनाको मृत्यु

बेल्जियम। बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबिच भएको ठक्करमा दुई बालबालिकासहित चार जन...

गोला प्रणाली परिवर्तन गर्ने कुनै योजना छैन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले अदालतमा इजलास र मुद्दा छनोटका लागि अपनाइँदै आएको गोला (लटरी) प्रणाली परिवर्तन गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ। न...

सन्दीप र ब्रिज इन्टरनेशनलबिच पाँच वर्षको सम्झौता

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ ।  पोखरामा आयोजित ...

पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा रोस्ट्रमको माइक फाल्ने प्रयास

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा रहेको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदहरूको विरोधका ...

विभिन्न राजनीतिक दलका ट्रेड युनियनमा आबद्ध २० कर्मचारीको दुर्गममा ठाउँमा सरुवा

काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...

पूर्वगृहमन्त्री सुधन गुरुङको बयान आज पनि जारी

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...

विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...

सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, सरकारको कुल लगानी करिब ७ खर्ब ९८ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...

नेपालको अर्थतन्त्र ६६ खर्ब ९ करोड पुग्यो, उपभोगको हिस्सा ९०.३ प्रतिशत

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending