Khabar Dabali २६ श्रावण २०७९ बिहीबार | 11th August, 2022 Thu

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Krishi bikash bank
खबरडबली संवाददाता

बागलुङ । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरासँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । 

आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिराका कारण अवरुद्ध भएको रानाले जानकारी दिए । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । 

बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनक शिक्षाको लापर्वाही, अर्धवार्षिक परीक्षा नजिकिँदा समेत विद्यार्थीले पाएनन् पुस्तक

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

विष्णु माझीको ‘चरी जेलैमा २’ सार्वजनिक (भिडिओ)

काठमाडौं । चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो।  गत ...

चीनले गर्‍यो सैन्य अभ्यास, ताइवानमाथि आक्रमणको चर्चा !

चीनको चेतावनी वेवास्ता गर्दै अमेरिकी सभामुख पलोसीको ताइवान भ्रमणपछि बढ्यो तनाव

बिहे गर्नुअघि जहाँ महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

काठमाडौं । इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमा...

अनुदानको आशमा पहिरो पीडित ऋणमा

म्याग्दी । सरकारी अनुदानको आशले उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन् । सरकारले सम्झौताअनुसार अनुदान रकम उपलब्ध गराउन र...

गठबन्धनमा सिट बाँडफाँडको सकस, कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदलका स...

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने

काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दा...

माओवादीको अडान : काठमाडौंमा ३ सिट चाहिन्छ

'एमालेसँग गठबन्धन गर्दा पाएको क्षेत्रमा हाम्रो दाबी स्वभाविक'

रोपाइँ सकिएपछि पठाउन थालियो मल

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज...

निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

नेताहरूलाई जिम्मेवारी तोक्यो

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page