Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

देशभर भारी वर्षाको सम्भावना,पहिरो तथा गेग्रान बहावको जोखिम

खबरडबली संवाददाता

काठमाडौं । केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम किसिमको वर्षा हुने विभागले जनाएको छ। आज बिहान गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

विभागका अनुसार बागमती प्रदेशका केही स्थानहरुमा पनि बिहान मध्यम वर्षा भएको छ।

२०७९ असार २१ गते (मंगलबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । 

राती : प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । 

२०७९ असार २२ गते (बुधबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । 
 
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असार २३ गते (बिहिबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies