Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

केन्द्रीय समितिको बैठकमा माओवादी नेताले भने : आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् ।

राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस्तै छलफलका लागि नौ वटा प्रस्तावसमेत पेस भएको छ ।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दर भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पु¥याउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् । यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ ।

छलफलमा भाग लिने केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले दुई मिनेटको समय दिनुभएको भए पनि विषयवस्तुको गाम्भीर्यताका आधारमा १५ देखि २० मिनेटसम्म पनि धारणा राखेका थिए । खुल्लारूपमा छलफलमा सहभागी हुन पाएको भन्दै बैठकमा बोल्ने अधिकांशले पार्टी बनाउने सङ्कल्पसमेत गरेका थिए ।

केन्द्रीय सदस्य देवीप्रसाद ढकालले निकारागुवाको उदाहरण दिँदै त्यहाँको सान्डानिस्टा पार्टी शान्ति प्रक्रियामा आएपछि तीन पटक निर्वाचन हारे पनि सन् २००६ देखि लगातार विजयी हुँदै आएको र नेपालमा पनि माओवादीको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाँले निर्वाचन हार्दैमा पार्टी नसकिने भन्दै आफ्नो सिद्धान्त र धार छाड्न नहुने बताउनुभयो ।

माओवादीले संविधान निर्माणपछि आमरूपमा जनतालाई प्रभावमा पार्ने गरी अभियान चलाउन नसकेको र पार्टीको छवि एउटाको पछि लागेर सरकारमा जाने बनेको भन्दै त्यसमा ‘ब्रेक थ्रु’ जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै खुट्टामा उभिन सकेको खण्डमा माओवादीको जीत सम्भव रहेको र नेपाली जनताले पुनः अवसर दिने धारणा राख्नुभयो ।

माओवादीको पुनरोदय सम्भव छ भन्ने विश्वास नेता कार्यकर्ता र आम जनतामा जगाउन सकियो भने हरेक क्षेत्रमा जीत निकाल्न सकिने उहाँको भनाइ छ । त्यस्तै अखिल ९क्रान्तिकारी०का अध्यक्षसमेत रहनु भएका पञ्चा सिंहले विद्यार्थी सङ्गठनमा अराजकता देखिएको भन्दै त्यसको नियमनका लागि पार्टी नेतृत्वको ध्यानकर्षण गराए ।

नेता हरिबोल गजुरेलले पार्टीको पदाधिकारी चयन तत्काल गर्नुपर्ने सुझाव नेतृत्वलाई दिए । उनले अराजकता र गुटबन्दी क्षम्य नहुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै बैठकमा नेताहरुले सरकार सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने र देशको सर्वाङ्गीण विकास र सुशासनको उदाहरण भनेकै माओवादी हो भन्ने सन्देश दिनुपर्नेमा जोड दिएका छन् ।

माओवादीले सरकार सञ्चालन गर्न पाएका सरकारहरूमा उदाहरणीय काम गर्नुपर्ने, त्यसका लागि पार्टीले केन्द्रदेखि प्रदेश र स्थानीय तहको सरकार सञ्चालनको प्रस्ट खाका बनाउन एक नीति सम्मेलन गरेर समाजवाद उन्मुख आर्थिक नीति तथा कार्यक्रम तय गर्ने र लागू गर्नुपर्नेमा नेताहरुको भनाइ थियो ।

आज बैठकमा नेताहरु गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीसहित ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठक पुनः भोलि ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: