काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ ।
कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबरको रह्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने नो उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा ५८.६८, सामूहिक लगानी कोष ०.०१, निर्जीवन बीमा ४८.०७ र व्यापार १४०.१५ अङ्कले उकालो लाग्यो । बैंकिङ १.९७, विकास बैंक ५२.९६, वित्त ६.३१, होटल तथा पर्यटन ४६.८९, जलविद्युत् १२.८५, लगानी ०.०५, उत्पादन ४५.३८, लघुवित्त ६१.२५ र अन्य उपसमूह २९.६९ अङ्कले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको शेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४२७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख तीन हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी ग्रुप पावर ९.९८, सामलिङ पावर कम्पनी ७.७०, साल्ट टे«डिङ कर्पोरेशन ६.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाए । ग्लोबल आइएमई बैंकको ऋणपत्र ९.७५, युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावर ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५.९३ र समटि लघुवित्तका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: