Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

असंलग्नताको सिद्धान्तले विश्वका समस्या हल गर्ने धारणा बन्यो : सभामुख

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन्।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। 

उनले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भू–राजनीतिक तनाब, हतियारको दौड, सैन्य खर्च बृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दि र मानविय संकट लगायतका देखा परेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको बताएका हुन्। 

यही असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलनले असंलग्न राष्ट्रहरुका सभामुखहरुका बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको जानकारी दिंदै सभामुख सापकोटाले सञ्जाललाई संगठनमा रुपान्तरित गर्नु पर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नु पर्ने विषयमा बहस भएको बताए। 

‘हामीले नेपालबाट सोचेर गएको विषय र नाम राष्ट्रका बीचमा समान धारणा रहेको पायौं, हामीले सम्मेलनमा राखेको राष्ट्रको दृष्टिकोणमा पनि असंलग्नताको सिद्धान्तको सान्दर्भिकता र अपरिहार्यता अझ बढेर गएको छ, यसलाई अझ सुदृढ गरेर अडाडि बढ्नुको विकल्प छैन, अपरिहार्य आवश्यकता बनेर गएको छ भनेका छौं’ सभामुख भने। 

उनले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधन बाहेक दुइ पक्षीय भेटवार्ता र छलफलहरु भएको जानकारी दिए। उनले आयोजक राष्ट्र अजरबैजानका सभामुख र मलेसियाका उपसभामुखसँगको भेटवार्ता व्यवस्थित र उत्कृष्ट भएको बताए। 

आठलाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीहरुको स्थिति, उनीहरुका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन छलफल मलेसियासँग छलफल भएको बताए। 

यस बाहेक बंगलादेश, जोर्डन, किर्गिजस्थान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग छलफल भएको सभामुख सापकोटाले जानकारी दिए। 

 ‘सम्मेलन सान्दर्भिक र फलदायी भयो, देशको प्रतिनिधित्व राम्रोसँग गर्यौं भन्ने लाग्छ, हामी सबै निरन्तर सक्रिय रह्यौं’ उनले भने। 

सभामुख सापकोटाको नेतृत्वमा यही असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डल हिजो साँझ स्वदेश फर्केको हो । प्रतिनिधि मण्डलमा सांसदहरु पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending