काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ मा पुगेको छ ।
नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १६.८३, व्यापार १७४.८६, होटल तथा पर्यटन ९४.८७, विकास बैंक ११८.४३, जलविद्युत् १२८.६२, वित्त ६५.९९, निर्जीवन बीमा १८२.८, उत्पादन २५०.४१, अन्य ७२.६७, लघुवित्त १३९.१६, जीवन बीमा १७०.५९, सामूहिक लगानी कोष ०.०६ र लगानी २.३६ अङ्कले उकालो लागेको छ ।
साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७९७ बराबर पुगेको छ । कारोबारका आधारमा नयादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड २८ लाख ६९ हजार ८८९ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु आठ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट रु ६ करोड ९७ लाख ८५ हजार ९०६, एनआइसी एशिया बैंक रु ६ करोड ८९ लाख आठ हजार ५७४ र नेपाल पुनरबीमा कम्पनी रु ६ करोड २६ लाख ८१ हजार ३८२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
छ कम्पनीको शेयर मूल्यमा सर्किट
नेप्सेका अनुसार आइतबारको कारोबारमा विभिन्न ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, साञ्जेन जलविद्युत् कम्पनी, नेस्डो समृद्धि लघुवित्त र सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृिद्ध भयो । रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो ।
यस्तै, बैंक अफ काठमाडौँ ९.३१, न्यादी ग्रुप पावर ३.२३, प्रभु सेलेक्ट फण्ड ३.१८, नबिल ब्यालेन्स फण्ड तेस्रो २.५५ तथा सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले २.१९ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: