Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपति भण्डारीको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताएकी छन् । उनले  उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य पूरा आग्रह गरेकी हुन् । 

राष्ट्रिय धान दिवसका सन्दर्भमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तक्र्रियामा राष्ट्रपति भण्डारीले वर्तमान समयमा हाम्रासामु एकातिर खाद्य वस्तुको बढ्दो आयातका कारण कृषि क्षेत्रको र समग्र मुलुकको व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ भने अर्कोतिर मुलुकको सम्पूर्ण जनसङ्ख्याका लागि खाद्यसुरक्षा, पौष्टिक आहार र स्वस्थ जीवन सुनिश्चित गर्नुपर्ने दायित्व रहेको उल्लेख गरिन् ।

“सम्मानित कृषि व्यवसाय र आत्मविश्वासले भरिएका किसानको मेहनतबाट मात्र हामीले यी चुनौतीको सामना गर्न सक्दछौँ । हामीले मुलुकको समग्र कृषि प्रणाली, खाद्य सुरक्षाको अवस्था, उत्पादकत्व वृद्धि, कृषिमा आधारित पेशा र व्यवसायको मर्यादा वृद्धि एवं किसानका समस्याको समाधान गर्ने विषयमा सार्थक छलफल गर्नु सान्दर्भिक हुन्छ”, उनले बताइन्, “धान, चामल माथिको हाम्रो निर्भरतालाई कम गर्न बाली विविधीकरण गरी किसानले फलाउने मकै, गहुँ, कोदो, फापर, चिनो, कागुनो र जुनेलो जस्ता रैथाने बालीको प्रवद्र्धन गर्नु पनि धान दिवसको उद्देश्य भित्रै पर्दछ भन्ने मलाई लाग्दछ ।”

राष्ट्रपति भण्डारीले आधुनिक प्रविधिको प्रयोग, बीउबिजन र मलको समयमै उपलब्धता, उत्पादन हुँदै बजार र उपभोगसम्मको चक्रमा किसानलाई हाम्रा नीति तथा कार्यक्रमका माध्यमबाट सहजीकरण गर्नु आवश्यक भएकामा जोड दिँदै उत्पादनदेखि बजारसम्म पुग्न किसानलाई आवश्यकपर्ने बाटो, सिँचाइ, कृषि उपकरण जस्ता आधारभूत पूर्वाधारको निर्माणमा नेपाल सरकारले अग्रसरता लिनुपर्ने बताइन् ।

उनले बाँझो जमिनलाई आवाद गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले भूमिका खेल्नुपर्ने तथा चिया, अलैँची, अदुवा, कपास, जुट, अम्रिसो, उखु, बाँस, निगालो आदिको खेतीबाट किसानलाई तत्काल आर्थिक लाभ मिल्ने हुनाले यसैमा आधारित कृषि उद्योगको स्थापना एवं दिगो सञ्चालनमा जोड दिनुपर्ने बताइन् । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, कृषिसम्बन्धी निकायका अधिकारी, विज्ञ, मदन भण्डारी फाउण्डेशनका पदाधिकारीलगायत सहभागी कार्यक्रममा उनीहरुले कृषि उत्पादकत्वको अवस्था र वृद्धिका उपायबारे सुझाव दिएकी थिइन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending