Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकबाट १७ बुँदे प्रस्ताव पारित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ। 

सोमबार र मंगलबार सञ्चालित बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँचदलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकता, संगठन निर्माणमा विशेष कार्ययोजना र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी योजना पारित गरेको हो। 

अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय परिषद्का सदस्यलाई ११ समूहमा विभाजन गरिएको थियो।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने, पाँचदलीय गठबन्धन निरन्तर अगाडि बढाउन प्रयत्न गर्ने, महँगी नियन्त्रण र किसानलाई मल तथा बीउबिजन मिलाउन सरकारलाई आग्रह गर्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए।

मुलुकका विभिन्न स्थानमा भइरहेको यौनहिंसा नियन्त्रण गरी पीडितलाई सामाजिक जीवनको प्रत्याभूति गर्न माग गरिएको प्रस्तावमा प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि सरकारलाई पहलकदमी लिन तथा पार्टी आबद्ध जनवर्गीय संगठनलाई पनि आग्रह गरिएको छ। जातीय विभेदको अन्त्य गर्न र त्यसका विरुद्ध क्रियाशील रहन सबैलाई आग्रह गरिएको छ। 

भारतले विभिन्न स्थानमा बाँध बाँधेका कारण तराईको भू–भाग डुबानमा पर्ने गरेकाले भारतसँग वार्ता गरी त्यसको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ। राज्यका सबै संयन्त्रमा भ्रष्टाचारको छानबिन, देशमा भएका भूमिहीनको पहिचान गरी सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, काठमाडौं उपत्यकालगायत अन्य स्थानमा फैलिएको झाडापखाला नियन्त्रण गरी बिरामीको उचित व्यवस्थापन गर्न पनि भनिएको छ।

युक्रेनमाथि भएको आक्रमणले विश्वमा भइरहेको अशान्तिका साथै देखापरिरहेको खाद्य संकटले समस्या समाधानका लागि वार्ताको वातावरण मिलाउन विश्व समुदायलाई आग्रह गरिएको छ।

मुलुकको राष्ट्रिय हितमा हुने गरी पञ्चशीलका आधारमा परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको प्रस्तावमा कुनै पनि मुलुकको सैन्य गठबन्धनमा नेपाल सामेल हुन नहुने र हालै एसपीपीमा नेपाल सहभागी नहुन सरकारले गरेको निर्णयप्रति बैठकले धन्यवाद व्यक्त गरेको छ। 

 बैठकले दुई महिनाभित्रमा संगठन सुदृढीकरणमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending