क्रेमेन्चुक । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।;
देशको क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख —२२ (रसियन : एक्स —२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
आक्रमणमा परेका अरु ३६ जना अझै पनि सम्पर्क विहीन रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
“घटनामा परी घाइते भएका मध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ,” एक सरकारी अधिकारीले भने ।
स्थानीय अधिकारीहरूले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन् ।
आक्रमण भएका बेला झण्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए । घटनामा परी हताहती भएकाहरूको यकिन भएको छैन ।
जर्मनीमा जी ७ शिखर सम्मेलन चलिरहेको र त्यसको मुख्य एजेण्डा युक्रेनमाथि भएको आक्रमणलाई बनाइरहेका बेला रुसले अर्को निर्मम आक्रमण गरेको हो ।
गत फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण अहिलेसम्म पनि जारी छ । रुस—युक्रेन युद्ध अन्त्यका लागि सुरुमा दुई पक्षीय वार्ता भएपनि अहिले वार्ता पनि रोकिएको छ ।
वाह्य तथा अन्तर्राष्ट्रिय दवाव भइरहेपनि रुस र युक्रेन दुवै आ आफ्नो अडानमा रहेकाले युद्ध तत्काल रोकिने कुनै संकेत देखिएको छैन ।
निरन्तरको युद्धका कारण युद्धमा प्रत्यक्ष संलग्न दुवै देशसँगै विश्वलाई नै धेरै क्षति भएको छ । मानवीय, राजनीतिक र आर्थिक असर बढी देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: