Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

भलिबलप्रेमी राजु विदेसिँदा किन चिन्तित छन् ?

खबरडबली संवाददाता

बागलुङ । अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् ।

गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो । भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन् । 

खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विकले रोजगारीका लागि देश छाडेका हुन् । भलिबलमा चम्किएका विकको बहिर्गमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् । विक तिनै खेलाडी हुन् जसले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट बिच भलिबल खेलेका थिए । उनले गण्डकी प्रदेशस्तरीय भलिबल टिमबाट पनि प्रतियोगिताहरु खेले । पछिल्लो दुई वर्षयता विक गलकोट भलिबल टिमका कप्तान थिए । 

उक्त टिमका प्रशिक्षक सुरेन्द्र केसीले विक टिममा नहुनुलाई मौरीको बथानमा ‘रानी मौरी’ नभएको झैँ रुपमा लिए । “हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ,” केसीले भने, “क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुप¥यो ।”

प्रशिक्षक केसीले आफूले सधैँ राजुलाई फुर्तिलो, आँटिलो र अनुशासित खेलाडीका रुपमा पाएको बताए । विकको कप्तानीमा उक्त टिमले लगातार दुई वर्षसम्म स्याङ्जाको पुतलीबजारमा भएको रु पाँच लाख राशिको ‘पुतलीबजार कप अन्तरपालिका कप भलिबल प्रतियोगिता’को उपाधि चुमेको थियो । 

गत चैतमा ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्दा पनि गलकोट टिमको कप्तानी विकले नै गरेका थिए । उक्त प्रतियोगितामा गलकोट भलिबल टिमले रु पाँच लाख ५५ हजार ५५५ हात पारेको थियो । 

त्यसअघि सङ्खुवासभाको सभापोखरी पालिका कप र मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि गलकोटले जित्दा पनि टिमको कप्तानी विकले नै सम्हालेका थिए । “राजुको कप्तानीमा गलकोट भलिबल टिमले जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगिता खेलेको छ,” प्रशिक्षक केसीले भने, “उत्कृष्ट खेल कौशल र टिमको सफल कप्तानीका कारण उनी हामी र टिममा नयाँ आउने खेलाडीका लागि पनि सधँै सम्मानयोग्य रहनेछन् ।”

विकको अभाव टिमका सदस्यलाई मात्र खड्किने छैन, उनका प्रशंसक र आम भलिबलप्रेमीका लागि पनि उनी कोर्टमा नहुनु अफसोचको विषय हुनेछ । विक विदेश उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएको टिकटक भिडियोमा पनि थुप्रैले भावुक टिप्पणी गरेका छन् । ‘भलिबल लाइफ’ फेसबुक पेजले स्टेटससहित भिडियो शेयर गरेको छ ।

फेसबुक प्रयोगकर्ता पूर्ण बिसीले ‘राष्ट्रको एउटा खेलाडी परिवारको रोजीरोटीका लागि विदेसिनुपर्ने बाध्यता हाम्रो देशमा छ, ...देशलाई केही दिने प्रयास गर्नु सफलताको कामना’ लेखेका छन् । गोपाल केसीले लेखेका छन्, ‘नेपालीको पीडा यही नै छ, मन सानो नबनाउनु जहाँ रहे पनि भलिबल खेललाई माया गरिरहनु, जय भलिबल, जय राजु विक ।’

उक्त भिडियो पोष्टलाई ५३ हजार जनाले हेरेका छन् भने झन्डै तीन सय जनाले टिप्पणी र ७५ जनाले शेयर गरेका छन् । विकले आफ्नो र परिवारको भविष्य हेरेर विदेसिनु परेको बताए । “जोसजाँगर हुन्जेल भलिबलमा लागियो, अब परिवारका लागि पनि सोच्नुप¥यो,” उनले भने, “सधैँ खेलेर पनि नहुने, अरु पेसा, व्यवसायमा लाग्न पनि नसकिने अवस्था भएपछि मैले विदेसिनुको विकल्प देखिनँ ।” विक विवाहितसमेत हुन् । उनले १६ वर्षको उमेरदेखि व्यावसायिक रुपमा भलिबल खेल्न सुरु गरेका थिए । जिल्ला भलिबल सङ्घका सल्लाहकार एवं पूर्वखेलाडी याम श्रीसले विकलाई नेपाली भलिबलको उदाउँदो र प्रतिभावान् खेलाडीका रुपमा स्मरण गरे ।

“उनी न्यून आय भएको परिवारमा जन्मेका हुन्, बिहेवारी भएपछि घरको आर्थिक दायित्व पनि थपियो त्यसपछि विदेश जान बाध्य हुनुप¥यो,” श्रीसले भने, “क्रिकेट, फुटबलमा जस्तो भलिबलमा खेलाडीको व्यावसायिक सुरक्षा पनि छैन ।” उनले भलिबलमा करियर बनाएका धेरै नेपाली खेलाडीहरू विदेश पलायन भएको बताए । “कतिपय खेलाडी त इच्छा र रोजाइ भएर नै विदेश छिर्छन्, कोहीको भने बाध्यता हुन्छ”, श्रीसले भने, “लामो समर्पण र त्यागसहित भलिबलमै जीवन फालेका खेलाडीहरू पनि नेपालमा छन् ।”

सङ्घका अध्यक्ष योगेश भण्डारीले राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने धारणा राखे । “विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ”, उनले भने, “राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले कोशीमा खतिवडाको अग्रता कायमै, ढकाल पछ्याउँदै

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...

संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्।  सोमबा...

चन्द्रागिरिबाट २५ हजार घुससहित असिस्टेन्ट सबइन्जिनियर पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना असिस्टेन्ट सबइन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१४ न...

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ ।  उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै ...

मुम्बई विमानस्थलबाट साढे तीन किलो सुनसहित एक महिला पक्राउ

काठमाडौँ। भारतको मुम्बई विमानस्थलबाट झन्डै साढे तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। मुम्बई राजस्व विभागले केन्याबाट आएकी बेलायती नारिक ४० व...

ओली र एमसीसीका सीइओ अलब्राइटबीच भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीइओ) ...

नेपालमा शान्तिको आवश्यक छ : मन्त्री साउद

काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन् ।   सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी...

जनताको अवस्था परिवर्तन नहुँदा लोकतन्त्रविरुद्ध आवाज उठ्यो : प्रदीप ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्ध...

एमाले कर्णाली अधिवेशन : मतगणना जारी, अध्यक्षमा गुलावजंगको अग्रता कायमै

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार अध्यक्षका उमेदवार गुलावजंग शाहले अग्रता कायमै...

जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

काठमाडौँ। अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending