Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध :अर्थमन्त्री शर्मा

करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, कसैले राजीनमा माग्दैमा हुँदैन

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाका बारेमा जवाफ दिँदै उनले बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट रहेको बताए।

मन्त्री शर्माले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित गर्‍यो कि गरेन, उद्योगलाई कस्तो असर पर्‍यो भन्ने मुख्य हो । अहिलेजसरी बढाउनै पाइँदैन भन्ने होइन । करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो ।’ 

सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उनको दावी छ । कसैले राजीनामा माग्दैमा आफूले नदिने उनले बताए । अर्थमन्त्री शर्माले भने ‘बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने होइन । सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जवाफदेही छु ।’

देशको आवश्यकतालाई  सम्बोधन गर्ने खालको बजेट आफूले प्रस्तुत गरेको उल्लेख गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्णरुपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ छ ।

रु तीन खर्ब ५८ अर्ब बराबरको कृषिउपजको आयात भइरहेको डरलाग्दो तथ्याङ्क पेश गर्दै अर्थमन्त्रीले कृषि क्षेत्रको विकास गर्ने, किसानलाई आत्मनिर्भर बनाउने कुरा गर्दा कसरी अनैतिक भयो भन्ने जिज्ञासा राखे । आयात प्रतिस्थापन गर्न निर्यात बढाउने लक्ष्यका साथ प्रोत्साहनको नीति अगाडि सारिएको उल्लेख गर्दै उनले उद्यमशीलताको विकास, ग्रामीण अर्थतन्त्रको विकासका लागि उद्यमशीलताको विकासमा जोड दिइएको बताए।

स्थानीय तहको केन्द्रसम्म पक्की सडक निर्माण गर्ने, औद्योगिक उत्पादनको वृद्धि, पर्यटनलगायतका सेवा क्षेत्रलाई विकास गर्ने, निरपेक्ष रेखामुनि रहेका नागरिकलाई त्यसबाट बाहिर निकाल्नका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने विषयलाई प्राथमिकतामा राखिएको अर्थमन्त्रीको भनाइ छ ।

आगामी आवको बजेटले भौतिक पूर्वाधारको विकासमा विशेष जोड दिइएको जानकारी दिँदै उनले शिक्षा क्षेत्र पनि उत्तिकै प्राथमिकतामा रहेको, बजेट कार्यान्वयनमा आम जनतालाई सहभागी गराउने विषयलाई महत्व दिइएको बताए ।

आगामी आवको बजेटप्रति आफू जिम्मेवार रहेको जानकारी दिँदै उनले वर्तमान सरकारले यसको पूर्ण अपनत्व लिने बताए। उनले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले आपत्ति जनाउँछ र विरोध गरिन्छ भने त्यसको कुनै अर्थ नरहने बताए।

औद्योगिक क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकतामा राखिँदा त्यसैलाई विचौलियालाई फाइदा भयो भनेर नमिल्ने कथा बुनिएको अर्थमन्त्रीको भनाइ छ । विद्युतीय सवारी साधनका सन्दर्भमा पनि सरकारले स्पष्ट दृष्टिकोणका साथ नीतिगत व्यवस्था गरेको तथा विलासी सवारीसाधनको आयातमा केही नियन्त्रण गर्न खोजिएको उनले बताए।

सरकारले देशभित्रै उत्पादन हुने रु दुई अर्ब बराबरको स्यानिटरी प्याड खरिद गर्ने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा भएको इन्धनको मूल्यवृद्धिका कारण पनि केही समस्या देखिएको भन्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबाटै अर्थतन्त्रलाई सबल बनाइने विश्वास व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending