काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए।
सांसद डा विमला राई पौड्यालले भनिन्, “रुखले प्रविधिक पाएन, धेरै रुख त्यसै सडेर गएका छन, धोद्रो भएर गएका छन् अनि हामीले काठ आयात गरिरहेका छौँ, आयातित काठलाई प्रतिस्थापन गर्ने सरकारको योजना के छ ।”
सांसद गङ्गा कुमारी बेल्वासेले निकुञ्ज ऐन, २०२९ लाई संशोधन गरी समयानुकुल बनाउनुपर्ने आवश्यकता औँल्याइन्। सांसदद्वय खिमलाल देवकोटा र सुरेशकुमार आले मगरले बजेट कार्यान्वयनमा जोड दिए।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन नियमावली र वन ऐन अन्तर्गत नै रहेर खानी उत्खनन गर्ने काम भइरहेको प्रस्ट पारे । उनले कर्मचारी अभावले वन क्षेत्रमा प्राविधिकको कमि भएको उल्लेख गर्दै जतिसक्दो चाँडो प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “कोभिड–१९ बाट थलिएको पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा आरक्षणमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ, जैविक विविधता संरक्षणमा मन्त्रालययको प्राथमिकता छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २ गते, २०७९ - २०:३१
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बत...
भाद्र २ गते, २०७९ - २०:२४
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय का...
भाद्र २ गते, २०७९ - २०:१९
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौ...
भाद्र २ गते, २०७९ - १९:४८
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्र...
भाद्र २ गते, २०७९ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएक...
भाद्र २ गते, २०७९ - १८:५९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । बिहीबार भएको मत विभ...
भाद्र २ गते, २०७९ - १८:४९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने प्रास्ताव निर्णयार्थ गर्ने क्रममा प्रमुख ...
भाद्र २ गते, २०७९ - १८:४२
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको हो ...
भाद्र २ गते, २०७९ - १८:३१
काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताएका छन् ।बिहीबार नागरिकता विधेयकमाथि प्रतिनि...
भाद्र २ गते, २०७९ - १८:२२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: