Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

खबरडबली संवाददाता

लहान । ग्रामीण क्षेत्रका बजारबाट  अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खानेतेल, सुर्ति, बिँडी, भुज, चिउरालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको सो डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए  । 

यस्तै सिरहाको धनगढीमाई –१० स्थित धनगढी बजारमा गरिएको बजार अनुगमनका क्रममा रोहित किराना पसल, शम्भु एण्ड धीरज ट्रेडर्स र ओमनमः शिवाय किराना पसलबाट म्याद गुज्रेको मैदा, खानेतेल, स्वायबिन, मसलालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले बताए  ।

उनका अनुसार धनगढी बजारस्थित विभिन्न होटल तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हानिकारक रङको प्रयोग गरी तयार पारिएको मिठाई तथा म्याद गुज्रेको पेय पदार्थसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न र दर्ता नभएका पसल, व्यवसायी दर्ता गराउन पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए  ।

अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनले बताए । विगतमा सहर केन्द्रित गर्दै आएको बजार अनुगमनलाई केही दिनदेखि ग्रामीण क्षेत्रमा केन्द्रित गरेको उनकाे भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies