Khabar Dabali २ भाद्र २०७९ बिहीबार | 18th August, 2022 Thu

नेकपाको पुनरोदयका लागि वामदेवको प्रस्ताव : एकल अध्यक्ष (पूर्णपाठ)

जसपादेखि राष्ट्रिय जनमोर्चासम्मसँग पार्टी एकताको प्रस्ताव गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकताका लागि वार्ता थाल्ने भएका छन् ।

शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले वार्ता कमिटी बनाउने प्रस्ताव गरेका हुन् ।

‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं’ उनले भनेका छन्, 'जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता हुन्छ।' 

यो सम्भव नभए एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ ।’

दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने भन्दै गौतमले आफ्नो राजनीतिक प्रस्तावमा भनेका छन्, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।’

उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिने पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले महासचिवमा देव गुरुङको सम्भावना बढेर गएको छ। जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा अध्यक्ष पुष्पकमल द...

'हामीमा व्यक्तिवादी चरित्र देखियो, भनाइ र गराइनै फरक भयो'

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं-८ बाट चुनाव लड्ने सुमन सायमिको घोषणा

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिले उम्मेदवारी दिने भएका छन्। मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बा...

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

पोखरा । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजन...

यी हुन् हर्क साम्पाङले १०० दिनमा गरेको काम

काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत्...

गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं  । सत्ता गठबन्धनको शीर्ष नेताहरुको  बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।  राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प...

सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा क...

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चा...

माओवादी र एकीकृत समाजवादीको एकता प्रक्रिया कसरी अघि बढ्छ ?

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।   सो पार्टीको बुधबार बसेको सचिवालयको...

'एक्लाएक्लै उभिन नसक्ने भएपछि अस्तित्व रक्षाका लागि गठबन्धन'

पाल्पा । पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन्।  उनल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page