धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन्।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
उनले भने, “जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहीबाट पहिलो उडान भर्नुपर्ने नियम लागू गराएको छु, अब धनगढीबाटै पहिलो उडान हुने छ, जहाज आउने नआउनेबारे काठमाडौँमा सोध्नु पर्दैन ।”
यही असार १३ गतेबाट लागू हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागू भएको जानकारी गराउदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए ।
मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतिसहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि शुभारम्भ भएको जानकारी गराए ।
ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट रु एक अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्नसमेत निर्माण व्यवसायीलाई उनले आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २ गते, २०७९ - ०९:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रले महासचिवमा देव गुरुङको सम्भावना बढेर गएको छ। जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा अध्यक्ष पुष्पकमल द...
भाद्र २ गते, २०७९ - ०९:२८
कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास भइरहेको छ : प्रचण्ड
भाद्र २ गते, २०७९ - ०९:१७
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिले उम्मेदवारी दिने भएका छन्। मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बा...
भाद्र २ गते, २०७९ - ०९:०२
पोखरा । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजन...
भाद्र २ गते, २०७९ - ०८:१२
काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत्...
भाद्र २ गते, २०७९ - ०७:५२
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प...
भाद्र २ गते, २०७९ - ०७:४२
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा क...
भाद्र २ गते, २०७९ - ०७:३६
जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चा...
भाद्र २ गते, २०७९ - ०७:३१
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको बुधबार बसेको सचिवालयको...
भाद्र २ गते, २०७९ - ०७:२५
पाल्पा । पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन्। उनल...
प्रतिकृया लेख्नुहोस्: