Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाँकेमा लागुऔषध मुद्दा बढ्दै

रासस

बाँके । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो ।  

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । 

उनले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्ने बताए। 

गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो । 

पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । 

गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । 

उनका अनुसार चालु आवको असार पहिलो सातासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स आठ दशमलव चार लिटर, नाइट्रोजन चार हजार २५ ट्याब्लेट र ट्रामाडोल दुई हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन । 

जिल्लामा २०  पुनःस्थापना केन्द्रमा अहिले ३१२ जनाको उपचार भइरहेको छ । उनीहरु २० देखि ५४ वर्षसम्मका छन् । निःशुल्क परामर्श केन्द्रमा नौ जनाले सेवा लिइरहेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies