Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाउन व्यवसायीलाई मन्त्री बडुको आग्रह

खबरडबली संवाददाता
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गरे।
 
बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न उनले आग्रह गरे। मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानूनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारवाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राखे।
 
अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरुप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ । सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुरयाएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए। 
 
पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्षस्त नेताहरुको बैठक भएको थियो । उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो । उक्त बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरुप मूल्य समायोजन गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूले बताए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुन...

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने मागमा सभामुखको समर्थन, छिट्टै आउने विश्वास

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending