Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता: प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

लुम्बिनी  । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले  समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताएका छन्  । प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त सीपसहित, प्रविधिमैत्री, नैतिकवान जनशक्ति उत्पादन गर्ने जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । उनले यसका निम्ति बौद्ध धर्म, संस्कृति, कला साहित्यलाई प्रवद्र्धन गर्दै पर्यटनमार्फत आर्थिक विकास गर्न आवश्यक छ भने । 

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले आज लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ सभालाई सम्बोधन गर्दै इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययनको लागि अनुपम स्रोतको रूपमा रहेका छन्  भने । सांस्कृतिक पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिएर यसैलाई मनन गरी विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययन, अध्यापन, संरक्षण तथा सम्वद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

उनले बुद्धभूमि र तपोभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र भएको र यसको प्रवद्र्धन गर्ने दायित्व हामीसँग नै रहेको छ भने । उनले बौद्ध संस्कृति, कला तथा विहार, गुम्बालगायतका सम्पदा संसारकै लागि आकर्षणका विषयवस्तु रहेको भन्दै यिनलाई आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्दा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने सम्भावना प्रवल रहेको बताए  । 

उनले  विश्वमा व्याप्त वैमनस्यता, विध्वंसात्मक हतियारको उत्पादन तथा युद्धको भयबाट मुक्त भई व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रियलगायत विश्वमै शान्ति र सद्भाव फैलाउने मार्ग पहिल्याउन सकिने बुद्धले प्रतिपादन गरेका आर्यअष्टाङ्गिक मार्ग सम्यक दृष्टि, वचन, कर्म, व्यायाम, आजीविका, स्मृति, ध्यान, समाधि आजको २१ औँ शताब्दीमा पनि सन्दर्भिक रहेको छ भने । 

आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम र बजेटमा छलफल गरी विश्वविद्यालयको विकास तथा सञ्चालनको लागि अगाडि बढ्ने योजनासहितको सो सभामा प्रधानमन्त्री देउवाले नेपाललगायत विश्वका बौद्ध समाजको आस्था तथा श्रद्धाको केन्द्र एवं नेपालको गौरवपूर्ण निधिको रूपमा रहेको लुम्बिनीमा स्थापित यस विशिष्टिकृत बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन र शिक्षामा आधारित भएर नेपालको मौलिकतालाई समेट्दै शान्ति, समृद्धि र सुखी जीवनयापनको लागि ठोस योगदान दिने शैक्षिक कार्यक्रम चलाइ नेपाललाई बुद्धको देशको रूपमा विश्वलाई चिनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए  ।

उनले यसको लागि सर्वप्रथम लुम्बिनी बौद्ध विश्वविद्यालयले देशभरका सबै नागरिकलाई बौद्ध दर्शन र ज्ञानबारे जानकारी दिने, त्यसमा गहन अध्ययन गर्ने, त्यसअनुसार उच्च आदर्श, मूल्य र मान्यतासहित जीवनयापन गर्न अभिप्रेरित गर्नुपर्दछ र प्राज्ञिक वातावरण र व्यवस्थाको विकास गर्नुपर्छ भने । साथै, विश्वविद्यालयले आवश्यक व्यवस्थापन, पाठ्यक्रमगत अध्ययन अध्यापन प्रक्रिया, भौतिक संरचना, समाज एवं सरोकारवालासँगको सम्बन्ध र सहकार्य विद्यार्थीको उचित सुपरिवेक्षण र सहयोगको व्यवस्था, स्रोत परिचालन आदिको लागि तथ्यमा आधारित भएर उपयुक्त योजनासहित अघि बढ्नु आवश्यक रहेको उनले बताए  ।

विश्वविद्यालयले बौद्ध शिक्षाको माध्यमबाट सरकारले अङ्गिकार गरेका वातावरण तथा दिगो विकासको नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन अध्यापन तथा अनुसन्धानको माध्यमबाट वातावरणसम्बन्धी विश्व अभियानलाई मूर्तरूप दिन आवश्यक छ भने। 

प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा व्याप्त अनेकथरी समस्या, विकृति तनाव र द्वन्द्व निदानको एकमात्र अचुक उपाय बुद्ध शिक्षानै रहेको बताए । उनले बुद्ध शिक्षा तथा दर्शनलाई मार्गदर्शक सिद्धान्तको रूपमा अनुशरण गरी आज विश्वमा दिगो शान्ति स्थापना गर्न सकिन्छ भन्नेमा सम्बद्ध पक्ष सहमत भएको धारणा व्यक्त गरे  । यस विश्वविद्यालयले बौद्ध दर्शन, शिक्षा पद्धतिको अध्ययन तथा अनुसन्धान गरी आकर्षक शैक्षिक कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा विकास गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

उनले विश्वकै लागि आदर्श तथा प्रेरणाको स्रोत शाक्यमुनि बुद्धद्वारा प्रतिपादित जीवन दर्शन, ज्ञान, शील, प्रज्ञा एवं पद्धतिबाट प्रकाशित तथा निर्देशित भई उपलब्ध साधन स्रोतको परिचालन गरी विश्वविद्यालयलाई उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताए  । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आपसी समझदारी, सहयोग र सहकार्यलाई तीव्रताका साथ अभियानकै रूपमा अगाडि बढाउनु जरूरी रहेको पनि बताए ।

उनले नेपाल बुद्धको जन्मभूमि भएको कारणले देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका नागरिकलाई बुद्धको आधारभूत शिक्षाको लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए  

प्रधानमन्त्री देउवाले देशको सर्वाङ्गिण विकासको लागि शिक्षाको महत्वलाई मध्यनजर गरी सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउँदै लगेको बताए । उनले  यस विश्वविद्यालयले विश्व समुदायलाई बौद्ध शिक्षा दर्शन, इतिहास, साहित्य अध्ययन अध्यापनमा आकर्षित गर्दै देशको उन्नतिका लागि परिचालन गर्ने र यसको माध्यमबाट नेपाललाई विश्वसम्म चिनाउने  प्रयास हुनुपर्नेमा जोड दिए  ।

त्यस्तै विश्वविद्यालयले आगामी दिनमा अनुसन्धानलाई आधार बनाउँदै शैक्षिक गुणस्तरलाई अझ सुधारेर आर्थिक विकास र समाज रुपान्तरणका लागि उपयुक्त हुने खालका पाठ्यक्रमलाई समावेश गर्दै देश विकासका लागि बलियो कदम चाल्ने विश्वास व्यक्त गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies