वीरगञ्ज । पर्साका उद्योगी व्यवसायीको टोलीले काठमाडाँै पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङको कार्यकक्षमा छुट्टाछुट्टै भेटघाट गरी विद्युत् आपूर्तिमा देखिएको समस्याबारे छलफल गरेको हो । भेटघाटका क्रममा सङ्घका अध्यक्ष डा गुप्ताले विद्युत् उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकाले मुलुकभर विद्युत् आपूर्तिमा समस्या आइरहेको बताए । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको र प्राप्त विद्युत्को गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परेको उनले बताए ।
बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत् वितरण प्रणाली करिब २०–२५ वर्ष पुरानो रहेको र त्यस बेलाको तुलनामा अहिले विद्युत् माग बढेको, नयाँ नयाँ उद्योग स्थापना भएको, गार्हस्थ्य विद्युत् खपत दर बढेको, प्राधिकरणको बढी विद्युत् खपत गराउने नीतिअनुसार इन्डक्शन चुल्हो, विद्युतीय सवारी साधनको वृद्धिसँग विद्युत् खपत बढेको भए पनि सोअनुसार आपूर्तिका लागि वितरण लाइनको क्षमता कम भएको, ट्रान्सफर्मरको कमी रहेको, दक्ष जनशक्तिको कमी र व्यवस्थापकीय कमजोरीका कारण उद्योगी व्यवसायीलाई गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेकोबारे टोलीले अवगत गराएको थियो ।
त्यस्तै तराई क्षेत्रमा विद्युत्को लाइनका लागि सिमेन्टको पोल जमिनमा गाड्दा जरामा ढलान नगरिएका कारण पोल ढल्कने, तारहरु लतरिने र समय समयमा दुर्घटना हुने गरेकाले पोल गाड्दा जरामा ढलानको व्यवस्थापन गर्न टोलीले सुझाव दिएको छ । सो अवसरमा मन्त्री भुसालले विगत केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको ट्रिपिङ र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आपूm गम्भीर रहेको बताइन् । उनले औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ समस्या समाधान गर्न नियमित विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको बताइन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकले प्राधिकरणका परियोजनाहरु तीव्र गतिमा अघि बढ्न नसकेको सो अवसरमा टोलीलाई जानकारी दिइन् । भेटघाटका क्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयललगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: